• काठमाडौं । गाडी व्यापारमा यसरी लुटधन्दा हुन्छ । भन्दा तपाईलाई अचम्म लाग्ला ?

    नेपालका लागि फोर्ड कम्पनीको गाडी एजेन्ट जीओ अटोमोबाइल्स प्रालिले विक्री गर्ने चारपांग्रे गाडी विक्री गर्दा ग्राहकहरूलाई लुट्ने गरेको रहस्य पर्दाफास भएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले यो रहस्यको पर्दाफास गरेको हो ।

    विभागले अनुगमन गर्दा थापाथली स्थित जीओ अटोमोबाइल्स प्रालिले ईको स्पोर्ट फोर्ड १ दशमलव ५ पेट्रोल गाडीको लागतभन्दा बढी मूल्य लिएको भेटिएको जनाएको छ ।

    उक्त कम्पनीले वास्तविक मूल्यमा अतिरिक्त शुल्क लिई उपभोक्तालाई छुटको भ्रम छर्ने गरेको समेत विभागले फेला पारेको छ । कम्पनीका प्रबन्धक तेजकरण जैनले गाडीको मूल्यवृद्धिको कारणका सम्बन्धमा स्पष्टीकरण दिए पनि मूल्य बढ्नुको कारण खुलाउन नसकेको विभाग स्रोतले जनाएको छ ।

    जीओ अटोमोबाइल्स प्रालिले ‘इको स्पोर्ट फोर्ड’ १ दशमलव ५ लिटर पेट्रोल गाडीको मूल्यमा जम्मा लागत २२ लाख ५८ हजार २ सय ९२ रूपैयाा उल्लेख भएको देखिए पनि उक्त गाडी २४ लाख ८६ हजार ७ सय २५ रूपैयाामा विक्री गरेको देखिन्छ ।

    यसरी इको स्पोर्ट गाडीको विक्रीमा कम्पनीले ग्राहकसाग २ लाख २८ हजार ४ सय ३२ रूपैयाा भ्रष्टाचार गरेको पुष्टि भएको छ । वास्तविक मूल्यभन्दा बढी मूल्य लिएर कम्पनीले ग्राहकलाई भारी छुटको भ्रम छर्दै आएको विभागको आरोप ,जनधारणामा छ ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…