• पथरी÷पथरी उद्योग वाणिज्य संघको यही माघ २८ र २९ गते हुने निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको छ । मनोनयन भएका उम्मेद्वार मध्ये वरिष्ठ उपाध्यक्षकी उम्मेद्वार कविता पराजुली सबै भन्दा बढी चर्चामा छिन् ।
    तत्कालीन पथरी ब्यापार प्रवन्ध समितिको सदस्य हुँदै तीन वर्ष अघि वरिष्ठ उपाध्यक्षमा सानदार मत ल्याएर विजयी भएकी पराजुली पुनः सोही पदमा प्रतिस्पर्धा गर्दैछिन । मंगलबार बैशाखीको साथ लिएर निर्वाचन कार्यालय पुगेकी पराजुली ‘मेजर’पदमा उठ्ने एक्ली महिला ब्यावसायी हुन् । अधिकांश समय सामाजिक काममा देखिने कविता पथरीशनिश्चरेकी सामाजिक अभियन्ताका रुपमा परिचित छिन् ।अन्तरपार्टी महिला सञ्जाल पथरीको कोषाध्यक्ष र सचिवको जिम्मेवारी बहन गरिसकेकी कविताले वरिष्ठ उपाध्यक्षमा मनोनयन गरेपछि भनिन् – म आधा आकाश ओगट्ने महिलाले आरक्षरण र पुरुषले भाग छुट्याएर दिएको खाने र लिने ठाउँमा मात्र बस्नु हुँदैन भन्ने मान्यतामा छु । त्यसैले प्रतिस्पर्धामा आएकी हुँ ।
    कविता पथरी जेसीजकी संस्थापक उपाध्यक्ष हुन । महिलालाई राजनीतिको मुल धारमा ल्याएर अधिकार सम्पन्न बनाउने अभियानमा सक्रिय कविताले थपिन्–‘हजारौं महिलाहरू आज पनि आफ्ना हातमा भएको सीपलाई ब्यावसायमा रुपान्तरण गर्न सक्ने अवस्थामा पुगेका छैनन ।


     

    ती आमाहरूलाई ब्यावसायिक बनाएर आर्थिक समृद्धिको अभियानमा लगाउने उनको सपना छ । अघिल्लो तीन वर्ष पनि उनले महिलालाई सीप सिकाउन धेरै कार्यक्रम ल्याएको कविता बताउछिन । ब्यापार श्रीमतीले गरिदिनु पर्ने र त्यसको नेतृत्व श्रीमानले गर्ने परम्पराको अन्त्य हुनुपर्ने कविता बताउँछिन । उनी भन्छिन–बजारमा अधिकांश पसलको ब्यापार महिलाले हाँकेका हुन्छन तर त्यो फर्म पुरुषको नाममा दर्ता भएको हुन्छ ।पराजुलीले नेपाल उद्योग बाणिज्य संघको नेतृत्व महिलाले लिइसक्दा हामी कहाँ आरक्षण बाहेक खुल्ला पदमा उम्मेद्वारी दिने हामी जना छौं । उनले मेजर पदमा आफ्नो मात्र उम्मेद्वारी परेको उल्लेख गरिन ।
    पथरीशनिश्चरे सुरक्षा ब्यवस्थापन समिति र फोहोर मैला ब्यवस्थापन समितिको समेत सदस्य बनिसकेकी कविता दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको हाल अध्यक्ष छिन । सहकारी होस या जेसीज,वाणिज्य संघ होस या महिला सञ्जाल जहाँ पनि कविताले नेतृत्वदायी भुमिका निर्वाह गरेकी छिन । तीन वर्ष अघि विजय डाँगी, माधव कोइराला र डम्बर चौहानलाई पराजित गरेकी पराजुलीले यो पटक विजय डाँगीलाई प्रतिस्पर्धी पाएकी छिन् । प्रतिस्पर्धी जो भएनि फरक नपर्ने बताउँदै उनले भनिन–पथरी,शनिश्चरे,जाँते र बयरवनका ब्यापारी साथीहरूको साथ पाएकोले उम्मेद्वार बनेकी हुँ । चुनाव जित्ने दाबी गर्दै उनले थपिन – मेरो काम नै ब्यापारी साथीहरूलाई समस्या पर्दा सहयोग गर्ने हो । चौकमा फलफूल र तरकारी बेच्ने मात्र होइन । मकै पोल्ने र बदाम बेच्ने महिलालाई पनि वाणिज्य संघ छ ,त्यसैले म मेरो ब्यापार निर्वाध रुपमा गर्न पाउँछु भन्ने प्रत्याभूति दिलाउन चाहन्छु । उनले सटरमा ब्यापार गर्नेलाई मात्र ब्यापारी मान्नु नहुने बताउँदै भनिन–अबको तीन वर्ष भित्रमा कार्यक्षेत्र भित्रका सबै ब्यापारी र उद्योगीलाई मेरो उद्योग बाणिज्य संघ भन्ने अनुभुति दिलाउँछु ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…