• मंगलबारे अस्पतालको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलनमा छिमेकी पालिकाहरुले पनि चासो देखाउन थालेका छन् । प्रदेश सरकारले आफ्नो बजेटमा मंगलबारे अस्पताललाई स्तरोन्नती गरेर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकासित गर्ने योजना अनुरुप यो अस्पताललाई प्रदेशको गौरवको आयोजनाको रुपमा राखेसँगै अन्य पालिकाहरुको पनि चासो देखिन थालेको हो ।

     

    उर्लावारीका मेयर र उपमेयरले यस विषयमा आफ्‍नो आधिकारिक धारणा नदिइरहेको बेला छिमेकी पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप राईले चासो देखाउँदै मंगलबारेमा ट्रमा सेन्टर निर्माण हुनु नै ठूलो उपलब्धी भएको बताए ।

     

    उनले प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा मदन भण्डारीकै नाममा निर्माण गर्न लागेको ट्रमा सेन्टरलाई सबैले स्वागत गर्नुपर्ने मंगलबारे पेजलाई बताए ।

     

    पथरीबाट सेवाग्राही समेत आउने मंगलबारेमा अस्पताल अब उर्लावारीको मात्रै चासोको विषय नभएर सिंगो प्रदेशकै सम्पत्ति भएको उल्लेख गर्दै आफ्ना भनाइहरु मंगलबारे पेजसँग राखेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीका अंशहरुः

    #हाइवेमा भएर मंगलबारे रोजियो'
    मेयर राईले मंगलबारे नै रोज्‍नुको मुख्य कारण हाइवेलाई लक्षित गरेर बनाइएको अस्पताल भएकाले बताए । उनले मंगलबारेमा सबैलाई पायक पर्ने स्थान भएकाले दुर्घटनामा परेका मानिसहरुलाई लक्षित गरेर यहाँको अस्पताललाई प्रदेश सरकारले रोजेको हुन सक्न‍े बताए ।

     

    काठमाडौंबाट पूर्व काकाडभिट्टामा हाइवेलाई टार्गेट गरेर प्रदेश सरकारले उर्लावारीको मंगलबारेलाई ट्रमा सेन्टरको रुपमा रोज्‍नु नै उपलब्धी भएको बताए ।

     

    प्रदेशको एउटा लक्षित प्रादेशिक गौरवको योजना हुँदा सबैले स्वागत गर्नुपर्छ । नेपालको वीर अस्पतालमा रहेको ट्रमा सेन्टर नरेन्द्र मोदीले उद्घाटन गरे । यस्तै किसिमको ट्रमा प्रदेश सरकारले बनाउन खोज्दै छ ।

     

    #उपलब्धीको हिसाबले आन्दोलन गर्नु हानिकारक'
    मेयर राईले मंगलबारे पेजसँगको करिब आधा घन्टा लामो कुराकानीका क्रममा उनले उपलब्धीको आधारमा अहिले मंगलबारेमा भइरहेको आन्दोलन हो भने त्यो हानिकारक रहेको बताएका छन् । उनले आस्थाको आधारमा यो आन्दोलन भएको हुन सक्‍ने टिप्पणी गरेका छन् । उनले भने,'प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा निर्माण गरिरहँदा यो योजनालाई नामकै आधारमा समाप्त पार्नु उचित हुँदैन ।'

     

    #ट्रमा सेन्टर निर्माण हुँदा मंगलबारे झन् पहिचान बढ्छ'
    मेयर राईले मंगलबारेमा मदन भण्डारी ट्रमा सेन्टर निर्माण भइरहँदा मंगलबारेको झन् पहिचान बढ्ने बताए । उनले भोलिका दिनहरुमा टाढाबाट मानिसहरु उपचार गराउन आउँदा मदन भण्डारी ट्रमा सेन्टर कहाँ छ भन्दा उर्लावारीको मंगलबारेमा भन्ने भएकाले मंगलबारेको पहिचान झन् बढ्ने उनको धारणा छ ।उनले भने,'प्रदेश सरकारले बनाएको ट्रमा सेन्टर कहाँ छ भन्दा मंगलबारे नै भन्छ नि ! यसले झन् पहिचान झन् बढ्छ । इज्जत बढ्छ । जसरी सगरमाथा कहाँ छ भन्दा नेपाल भन्‍ने नाम आउँछ । विश्‍वको सर्वोच्च शिखर सगरमाथा भएको जिल्ला भनेर सोलुखु्म्बु नाम आउँछ । अनि अस्पताल बनेपछि भोलि पनि मंगलबारे भन्‍ने ठाउँमा अस्पताल छ भनेर मानिसहरु आउँछन् । '

     

    #आस्थाको आधारमा विरोध'
    मेयर राईले आस्थाको आधारमा विरोध भएको हुन सक्‍ने दाबी गरेका छन् । उनले सर्वासाधरण र सामान्य नागरिकलाई नाम भन्दा पनि सेवा र सुविधाको विषयले महत्व राख्‍ने भएकाले नामको विषयलाई लिएर विवाद गर्नु उचित नहुने बताए । उनले अहिलेको सरकार नेकपाको र नेकपाले मान्‍ने नेता मदन भण्डारी भएकाले उसको सरकार हुँदा उसले मान्‍ने नेताको नाममा संरचना निर्माण गर्नु स्वभाविक रुपमा लिनुपर्ने बताए । उनले मंगलबारे स्थापित नाम भएकाले यसको पहिचान नमेटिने पनि बताए ।

     

     

    #जनप्रतिनिध आन्दोलनको संयोजक हुँदा उपलब्धी के भयो भन्‍ने कुरा मध्यनजर गर्नुपर्छ'
    मेयर राईले संघर्ष समितिको संयोजक जनप्रतिनिधि हुँदा जनप्रतिनिधिकै भूमिका माथि प्रश‍्‍न तेर्साएका छन् । उनले मंगलबारे पेजलाई भने,' त्यहाँ जनप्रतिनिधि नै आन्दोलनको संयोजक छन् रे भन्ने सुनेको छ । यसले जनप्रतिनिधिहरुलाई आफू प्रतिनिधि भएको बेला उपलब्धी के भयो भन्‍ने कुरा मध्यनजर गर्नु उपयुक्त हुन्छ । '

     

    विकास र ठूलो आयोजना र प्रदेश सरकारको अधिकार र क्षेत्रधिकारका बारे राम्रो ज्ञान भएका जनप्रतिनिधहरु नै नामको पछाडि आन्दोलनमा उत्रिदा 'राजनीतिक आस्था' देखिएको बताए । उनले जनप्रतिनिध भएर आस्थाको राजनीति गरेपनि समग्र जनताको हित हेर्नुपर्ने बताए ।
    उनले कुनै पालिकाको जनप्रतिनिधि भइरहेको बेला आफू जनप्रतिनिधि हुँदा के भयो के कार्य गर्यो भनेर समिक्षा गर्ने समय पनि आउने उल्लेख गरे । उनले भने,' अहिलेको कम्युनिष्ट सरकारको जति लगानी मंगलबारे अस्पतालमा यसअघि कुनै सरकारले गरेका थिएनन् । आज नेपालकै दोस्रो ट्रमा सेन्टर बनाउने भनिरहेको छ । यो भन्दा ठुलो गौरव र पहिचान त्यहाँका स्थानीयवासीलाई के हुन सक्छ ? '
    अस्पतालको नामाकरण प्रदेशको क्षेत्रधिकार भएको कुरा समेत उनले स्मरण गराएका छन् ।

     

    #पालिकाको हिसाबले हेर्दा उर्लावारीलाई धेरै फाइदा हो,विवाद भएर मंगलबारेमा नहुने हो भने हामी पथरीमा बनाउन आतुर छौं'
    उर्लावारीको मंगलबारे भन्‍ने ठाउँमा मदन भण्डारी ट्रमा सेन्टर निर्माण हुँदा पालिकाको हिसाबले उर्लावारीलाई धेरै राम्रो हुने बताएका छन् । उनले त्यहाँको व्यपारा व्यवसाय फस्टाउनका साथै रोजगारीका अवसर सिर्जना हुने बताए ।

     

    उनले मंगलबारेमा मदन भण्डारी ट्रमा सेन्टर निर्माण हुँदा पथरीलाई समेत फाइदा हुने बताएका छन् । उनले यसबाट धेरै पालिकाहरु लाभान्वित हुने बताए ।

     

    उनले यदि आन्दोलनकै कारणले गर्दा प्रदेश सरकार पछि हट्छ भने पथरीमा मदन भण्डारीको नाममा ट्रमा सेन्टर निर्माण हुन्छ भने आफूहरुले स्वागत गर्ने बताए । उनले भने,'यदि विरोधकै कारणले मंगलबारेमा ट्रमा निर्माण भएन भने हामी पथरीमा ल्याउन स्वागत गर्नेछौं । हामी तत्कालनै जग्गा उपलब्ध गराउने छौं । हामीलाई नामसँग सरोकार छैन । सेवा र सुविधा पाउनुपर्छ । '

     

    उनले ट्रमा सेन्टर मंगलबारेमा निर्माण हुनु उर्लावारी जस्तो पालिकाका लागि गौरव र ठूलो कुरा हो । यत्रो ठूलो गौरवको आयोजना निर्माण हुँदा समेत नामलाई लिएर विरोध गर्नु उचित नहुने बताए । उनले सेवा सुविधा र गुणस्तरलाई ध्यान दिनेपर्नेमा जोड दिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …