उर्लाबारी/मोरङको उर्लाबारी नगरपालिका – ७ स्थित जिवन बचाउ उपचार सेवा केन्द्रमा झुण्डिएर एक बृद्धले आत्महत्या गरेका छन् ।
उपचारका लागि हिजो मात्र ल्याईएका झापाको गौरादह नगरपालिका – ३ का ६२ वर्षिय अमरबहादुर थापाले गृहको प्यासेजमा रहेको ढोकामा कपडाको पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुबाश राईले जानकारी दिए ।
मृतकको शवलाई कानूनी पक्रिया पुरा गरी पोष्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।