युबराज रेग्मी
असार ३ , झापा / झापाको गौरादह नगरपालिका वडा नम्बर ७ स्थित गोपाल सुवेदीको घरमा हिजो मंगलबार राती करिब ९ बजेको समयमा एक संकास्पद महिला भेटिएकी छ्न ।
ग्वाल्डुब्बा युबा समुहका अध्यक्ष भोला चक्रबर्तीले दिएको जानकारी अनुसार आफुलाइ अोम शान्ति महिला भनी परिचित गराउने उक्त महिलाको संकास्पद गतिविधि र कुराकानीले सो घरका मानिस हरु त्रसित भएकोले रातिनै स्थानीय प्रहरी कार्यालयमा खबर गरि उनलाइ प्रहरिको जिम्मा लगाइएको चक्रबर्तीले बताए ।
प्रहरिको अनुसन्धानमा भारतिय नम्बर भएको मोबाइल सिम उनले प्रयोग गरेको पाइएको छ । लक्ष्मी गिरि नाम बताउने करिब बर्ष ३५ कि महिला लाई स्थानीयहरुले हिजै सुरक्षित खाने बस्ने ब्यवस्थापन सहित प्रहरीमा जिम्मा लगाइएकोले निज महिलालाई चिन्नु हुने आफन्तले स्थानीय जुरोपानी प्रहरी चौकिमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
हाल ब्याप्त कोरोना भाइरसको सन्त्रासमा यसरी अपरिचित मानिस हरु गाउँ घरमा देखा पर्दा जनमानसमा त्रासको बाताबरण सिर्जना भएको युबा समुहका अध्यक्ष चक्रबर्तिले रातोकलम लाई बताए ।