पूर्व सभासद नगेन्द्र धिमालले मंगलबारेको पहिचान खोज्दै जाने हाे भने यो ठाउँको पुरानाे नाम 'सुम्पोका' भएको बताएका छन् । मंगलबारेमा सबैभन्दा पहिला धिमालहरूको बसोबास रहेको र पहाडबाट आएकाहरूले यस ठाऊँको पहिचान मेटेकाे दाबी गरेका छन् ।
उर्लावारी-२ निवासी धिमाल पहिलो संविधानसभामा यस क्षेत्रबाट सांसदमा निर्वाचित भएका थिए । उनले आफ्नो फेसबुक वालमै मंगलबारेको इतिहास धिमालहरू भएको बताएका हुन् ।
उनले लेखेका छन:
नेपालको आदिवासी धिमाल समुदाय उर्लावारी ३ स्थित सनपकुवा गाउँटोल पूर्व र पश्चिम दुई वटा धिमाल गाउँ टोल अवस्थित छन् ।
हाल पूर्व पश्चिम हाईवे उत्तर वार्ड नम्बर २ दक्षिणको भुगोल लाई सोम्पोका (सुनपकुवा) ले चिनिन्छ।
सोम्पाका नाम धिमाल समुदायको भाषा वाट रहेको हो । सोम्पोका कसरी रह्यो त ?
सोम्पोका को धिमाल युवाबाट अन्यत्र गाउकी युवति गर्भ रहेको ले युवतीको माइतिले त्यस गाउको युवालाई तिम्रो गर्भ हो भनेर सुम्पेको हुनाले सोम्पोका नाम रहन गयेको हो। धिमाल भाषा वाट जिम्मा दिनूलाई सोम्पीका भनिन्छ।
औलो ,हैजा ,विफर जस्ता महामारी नियन्त्रण पछि वसाई सराईको क्रममा पहाड वाट आएका गैर धिमाल समुदायको वसाई सराईको मिस्रित वसोवासले ठाउँ गाउहरुका नाम अपभ्रम्स हुदै जाने क्रममा सोम्पोका वाट सुन्पोका ,सुनपकुवा हुँदै, गैर धिमाल टाठा वाठाहरुले आफुखुशी नाम राख्ने क्रम भयेर हप्ताको सातबार लाई ठाउँको नाम राखि सोम्पोका नाम विस्थापित गरी मंगलबारे राख्ने काम भयेको हो।
खासमा मंगलवारे बजार सोम्पोका उत्तर पूर्व डुम्व्रे खोला पारी लाग्ने गर्दथ्यो।
ऐतिहासिक पहिचानको खोज्ने हो भने मंगलवारे चौक सोम्पोका चौक हुनु पर्ने हो। धिमाल जातिको ऐतिहासिक स्थल लेटाङ त्यहा शनिवार वजार लाग्छ किन सनिवारे भयेन?
मधुमल्लामा सोमवार बजार लाग्छ किन सोमवारे भनिएन ? उर्लावारीमा शुक्रबार बजार लाग्छ किन शुक्रवारे नाम रहेन?
पथरीमा आइतवार र विहिवार हप्तामा दुई दिन वजार लाग्छ पथरी नामले नै प्रख्यात छत।
पहिचान खोज्ने हामी जो कोहिले सोम्पोका नाम धिमाल भाषा वाट नामाकरण भएको हो ।
धिमाल समुदायको सोझो निमुखो र इमान्दारीताको कारण अन्य टाठा वाठा भनाउदा समुदायले आफु अनूकूल गरेको हुनाले आदिवासी समुदायको पहिचान अन्यायमा परेको छ।''
धिमाल जाति विकास केन्द्र ,धिमाल वुद्धिजिवी तथा राजनैतिक व्यक्तित्वहरू र अन्य गैर धिमाल स्थानिय मानुभावहरूले पनि यसबारेमा गम्भीर हुन उनले आग्रह गरेका छन् ।
"सोम्पोका चौक हुनु पर्ने थापा चौक र मंगलवारे चौक किन रहन गयोत ? ऐतिहासिक पहिचान कुन चहिलाई मान्ने ?" उनले प्रश्न गरेका छन् ।