• गौरादह । गौरादह नगरपालिकाको छैटौं नगर सभा सनिवार शुरु भएको छ। सभाको उद्घाटन प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको उपस्थितिमा नगर प्रमुख रोहित कुमार साहले गरेका थिए ।

     

    नगरसभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले नगरको चौतर्फी बिकासमा नगरपालिकासंग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । गौरादह नगर प्रमुख सहले सभामा आर्थिक बर्ष २०७७र७८ को निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा कृषिलाई आधुनिकी करण, सामुहिक खेती, व्यवसायिक खेती, यान्त्रिकीकरण र अग्र्यानिक खेतीमा जोड, कृषिसग सम्बन्धित घरेलु तथा मझौला उद्योगलाई प्रोत्साहन तथा स्थापना गरिनेछ ।

     

    व्यवसायिक पशुपंक्षि पालनलाई प्रोत्साहन, कृषि तथा पशु जन्य खेतीमा हुने दैबिक तथा प्रकोपबाट हुने क्षतिलाई राहत कोषको स्थापना,
    क्वारेन्टाइन तथा आइसुलेसनको व्यवस्थापनमा जोड, कोभिड १९ नियन्त्रणलाई प्राथमिकता, बिदेशबाट फर्किएकालाई कृषि, पशु तथा घरेलुु उद्योगमा प्रोत्साहन, बेडको अस्पताल बिमा कार्यक्रम संचालन हुने गरि ,बिपन्न परिवार तथा पशु बिमालाई प्राथमिकता, दीर्घकालीन भौतिक

     

    संरचना सडक, पुल, ढल, भवनमा जोड दिने, लक्षित बर्गलाई उत्थानमा जोड दिइने ,सामुदायिक बिद्यालयको भौतिक संरचना तथा शिक्षाको गुणस्तर लाई प्राथमिकता दिइने छ, खानेपानी तथा स्वास्थयलाई सबैको पहुँच पुर्याउने ,कृषि क्याम्पस सग सहकार्य गरि कृषि बालि तथा पशुपालनमा कार्य गरिने, संघ तथा प्रदेश सरकार संघ सहकार्य गरि भौतिक बिकासमा जोड दिने,भुमी ब्यास्थापनलाई जोड दिइने छ ,प्रकोप

     

    कोषलाई थप ब्यबस्थित गरिने, कृषि, पशु फर्म तथा अस्पताललाई कर बिशेश छुट दिइने छ, व्यवसायिक करलाई केही छुट तथा संशोधन गरिने लगायत समेटिएको नगरपालिका का प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । भने स्वागत उप प्रमुख गिता भेट्वालले गरेकी थिइन ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …