युबराज रेग्मी
फाल्गुन ७, झापा/
झापा जिल्ला गौरादह नगरपालिका भित्रका क्वारेन्टाईनहरुमा हिजो सनिबार एक सस्थाले महिला हरुलाइ विशेष अवस्थामा सरसफाइका लागि आवस्यक पर्ने स्यानेटरि प्याड बितरण गरेको छ ।
लकडाउन संगै बिभिन्न देशबाट आइ क्वारेन्टाइनमा बसेका महिलाका लागी पुन प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बितरण गरिएको छ। झापा जिल्लाको गौरादह नगरपालिका अन्तरगतका क्वारेन्टाइनमा रहेका जम्मा १४ जना महिलाहरुलाई एमरजेन्सी रेस्पोन्स सेन्टर नामक सस्थाको अगुवाइमा प्याड बितरण गरिएको थियो ।
इमरजेन्सी रेस्पोन्स सेन्टर को अगुवाइ तथा परिवर्तनको शुरुवात, नेपाल परिवार नियोजन संघ (झापा) शाखा, शुरुवाती कोठा नेपाल, एस.एस.जे.डी(SSJD)को सहयोगमा ५ वटा क्वारेन्टाइनमा रहेका महिला हरुलाइ उक्त सामग्री बितरण गरिएको सस्थाका सदस्य सागर सहयात्रीले रातोकलम लाई जानकरी दिएका छ्न ।
झापाका सबै क्वारेन्टाइनमा रहेका महिला हरुलाइ (ERC) ले पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बितरण गर्ने तयारी गरेको जानकारी सस्थाले दिएको छ । अभियानमा इमरजेन्सी रेस्पोन्स सेन्टरका अभियन्ता विविषा बुढाथोकी, दिक्षा थपलिया,अर्जुन रिजाल,विज्ञान राज पौडेल,सौरभ न्यौपाने,नारायण दाहाल,सागर सहयात्री लगायतले क्वारेन्टाइनमा रहेका महिला हरुलाइ भौतिक दुरी कायम गरी उक्त सामाग्री बितरण गरिएको ERC प्रदेश न. १ का फोकल पर्सन दिपक दासले जानकारी दिएका छन।