उर्लाबारी । प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा मोरङको उर्लाबारी मंगलबारेस्थित मंगलबारे अस्पतालको नाम परिवर्तन गरेको विरुद्धमा आजबाट अनसन सुरु गरेका छन् ।
विभिन्न दल सम्मिलित संयुक्त संघर्ष समितिले आइतबारबाट अनिश्चिकालीन रिले अनसन सुरु गरेका हुन् । मंगलबारे अस्पतालको गेट अगाडि नै अनसन बसेका छन । शनिबार उर्लाबारीमा मोटरसाइकल ¥याली निकालिएको थियो । प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा मंगलबारे अस्पतालको नाम फेरेर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने घोषणाविरुद्ध नागरिक आन्दोलित बनेका छन् ।
-तस्विरमा शनिबार आयोजना गरिएको मोटरसाईकल रयाली