।
उर्लाबारी ,असार ७ /२०७७
केही दिन देखि लकडाउनमा गुम्सिएका अाफ्ना कार्यकर्ता उचालेर नेपाली कंग्रेस ले गरेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर अस्पताल को नामाकरणको विरुद्ध गरेको प्रदर्सनवाट प्रभावित हुँदै स्थानीय धिमालजाति ले सम्पोका वास्तविक पहिचान भन्दै अाज प्रदर्सन गरेकाछन।
प्राप्त खवर अनुसार मंगलबारे भन्दा अगाडिको पहिचान सम्पोका भएको र सोही नाममा नामाकरण गरे विवाद साम्यहुने दावि सहित धिमाल अगुवाहरु ले अान्दोलन को तयारी शुरु गरेकाहुन।
स्मरण रहोस जातिय पहिचान खोज्ने लिब्वुवान तथा जनता समाजवादी पाटीको समर्थन मा कंग्रेस ले विरोध प्रदर्सन गरिरहे को थियोे ।धिमाल जातिका नेता नगेन्द्र धिमाल ले मंगलबारे भन्दा पुरानो पहिचान सम्पोका भएको तथ्य केहिदिन अगाडि सामाजिक संजालमा तथ्यसहित प्रष्ट गरेपछि मंगलबारे पहिचानका विरुद्धमा सम्पोका पहिचान देखा परेको छ।यसले जनता समाजवादी र मन्च सम्वध्द लिम्बूवानलाई अप्ठ्यारोमा पारेको छ।अब पहिचानका अाधारमा मंगलवारे अस्पताल को नामाकरण कायम राख्न यी दलले समर्थन जारी राखे यिनको मुकुण्डो उत्रिनेदेखिन्छ।
विवादमा अल्झिरहनु भन्दा अब प्रदेश सरकारले गरेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लाई नै समर्थन गर्न कंग्रेस समेत वाध्यहुने परिस्थिति सिर्जना भएको सल्लाह जननिफकारहरु ले दिएकाछन।