राजु पोख्रेल
दमक,
दमकको एड्भान्स अस्पतालका डाक्टर अनुप पोखरेलले नयाँ प्रविधी प्रयोग गरेर मेरुदण्ड भाचिएको ठिक गरेका छन् । ईलामको माङसेबुङ गाउँपालीका वडा नम्बर ६ की विन्दामायाँ राईलाई बिना चिरफार उपचार गरेका हुन् । घरमा भर्यारङबाट ओर्लने क्रममा लडेर भाँचिएको मेरुदण्ड पोखरेलले शल्यक्रिया बिना नै जोडेका थिए ।
पोखरेलले नचिरिकनै प्वाल पारी मेरुदण्डमा रड लगाएर जोडिदिएपछि राई अहिले हिडडुल गर्न सक्ने भएकी छिन् । लडेर उठ्न नसक्ने अवस्थामा आएकी उनको अवस्था जटिल थियो, पोखरेलले भने, ढाडमा प्वाल पारेर उपचार गरिएको हो । मेरुदण्ड भाँचिएको चिरेर उपचार हुने भए पनि राईको शारिरिक अस्वस्थ्यताका कारणले यो विधी प्रयोग गर्नुपरेको दाबी पोखरेलले गरे ।
भारतको एपोलो अस्पतालमा अर्थोस्कोपीमा फेलोसोपी गरेका पोखरेल अहिले विभिन्न प्रणाली प्रयोग गरि उपचार गरि आएका छन् । पोखरलले भाँचिएको मेरुदण्ड नचिरि जोडे जस्तै च्यातिएको लिगामेन्ट पनि नचिरिकनै सिलाउन सकिने बताए ।