• सन्तोष भट्टराई

    कोरोना महामारी अर्थात COVID 19 का कारण बिगत सात महिना देखि निरन्तर अाज सम्मपनि सिङ्गो विश्व लकडाउनमै छ। अत्यावश्यक काम बाहेक घर बाट बाहिर निस्कन पूर्णतया निषेध गरिएको छ। संक्रमणको गतिसिलता हेरेर कहिकतै केही हदसम्म लकडाउन लाई खुकुलो बनाउन थालिएको छ। यस्तो प्रतिकुल समयमा स-साना बच्चा विद्यार्थीहरू पनि घरमैं बसेर समय बिताउन बाध्य छन् । विद्यालय र कलेजहरु प्राय बन्दनै छन्। शिकाइका शिक्षकहरू पनि यश समय आ-आफ्नै घरमा सुरक्षित बसेका छन्। SEE लगायतका सबै परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको छ । फलामे गेट मानिने SEE परिक्षात खारेजीनै गरिएको छ। विद्यालयको अान्तरिक मुल्यांकनका अाधारमा नतिजा सार्वजनिक गर्नेगरि SEE लाई खारेज गरिएको हो ।लामो समय घरमा बसिरहदा हाम्रा नानीहरू एक प्रकारको मानसिक चपेटामा परेकाछन्। फुर्सदिलो भएर घरमै बसिरहेका बेला बालबालिका हरुका मनमा नानाथरीका नकारात्मक र सकारात्मक प्रश्नहरु उठ्ने गर्दछन् ।यस्ता प्रकारका प्रश्न उठ्नु स्वाभाविक पनि हो।

    हामीले यहाँ बुझ्नैपर्ने कुरो केचैहोभने , यश प्रकारको लकडाउन र यसका प्रभावहरु हाम्रा लागिमात्र होइनन्। यसका प्रत्यक्ष प्रभाव हाम्रो अर्थीक, सामाजिक, सास्कृतिक, प्रकृतिसँगसँगै शिक्षण शिकाइमा पनि परेको छ। लकडाउनको यस विषम परिस्थितिमा पनि समय भने निरन्तर चलायमाननै छ, स्थिर छैन।यतिबेला प्रकृति पनि प्रदूषणमुक्त बनिरहेको छ। नदी नाला , जलाशय लगायत समुद्रको पानी पनि स्वच्छ सफा भएको छ। जीव जन्तुले पनि अाफुलाई स्वतन्त्र रहेको अनुभुती गरिनैरहेका छन्।धुलो, धुवाँ मुक्त वातावरण छ।अाकाश सफाछ, हिमालय र पहाडका दृश्यले मनलाई मनोरम बनाइरहेका छन्।समग्रमा भन्नुपर्दा प्रकृति एकदमै अनुकूल छ। यस्तो सकारात्मक परिदृश्यमा हामी अलिकति पनि विचलित नभई यसलाई एउटा सुन्दर अवसरको रूपमा ग्रहण गर्न निरन्तर प्रयासरत छौं। यस समय हामीले हाम्रा जिम्मेवारी लाई बडो धैर्यताका साथ निर्वाह गर्न जरुरीछ। महामारीको समय अर्थात लकडाउनको समयलाई हामीले गम्भीरताकासाथ लिनु पर्दछ। यो हाम्रा लागि मात्र नभई सारा मानव जगतकालागि हो।

    बिशेश गरेर स्कुले विद्यार्थीहरूले यसबेला अध्ययनको गति सन्तुलित र प्रभावकारी बनाउनुपर्दर्छ। यदि यस्तो महामारी बाट तपाईं हामी स्वस्थ र सुरक्षित भयौं भने मात्र हामीले चाहेका सबै थोक क्रमिक रुपमा प्राप्त हुन्छन् । यसबेला अनावश्यक चिन्ता लिनुपर्ने कुनै आवश्यकता छैन। हामीले एकदमै महत्त्वपूर्ण समय यस माहामारीको कारणले पाएकाछौं। हामीले यसको सही सदुपयोग गर्न जान्नुपर्दर्छ। यस बेला हरेक चिजहरुले अाफुलाई शुद्धीकरण गरेर स्वास्थ र श्चछ बनाइरहेका छन्। परनिर्भरताको अन्यगरी अात्मानिर्भरताको पथमा हामी सबै लम्किरहेकाछौं। घरभित्र अथवा एकान्तवाशमा बसेर प्रकृतिलाई सहयोग गरिरहेका छौं।पुर्ण तथा अाम्शिक रुपमा अार्थीक क्रियाकलाप, पठनपाठन लगायतका अन्य केही कार्यहरु ठप्पहुदा मानसपटलमा विभिन्न सवाल उठ्नु स्वाभाविक प्रक्रिया हो ।तर यस्ता समस्या हरुबाट मुक्ति पाउनका लागि हामी अहिले के गरिरहेका छौं भन्ने कुरा यहाँ महत्त्वपूर्ण हुनअाउछ। किन र केका लागि हामी तनाव महसूस गरिरहेका छौं , किन हामी घरमै बसिरहदा पनि अाफुलाई असुरक्षित ठान्छौं,किन निरन्तर एकखाले दवाव अनुभव गरिरहेका छौं , किन हामी अनाहकमा विचलित भइरहेका छौं , यात हामी काल्पनिक अथवा वास्तविक कुनै समस्या बाट गुज्रिरहृकाछौं ? यि र यस्ता मानसिक तथा ब्यवहारीक समस्या लाई छुट्याएर उज्ज्वल भविष्यका लागि निरन्तर प्रयासरत रहनु यश विषम परिस्थितिमा उपयुक्त हुन्छ ।हाम्रा मानसपटलमा उत्पन्नहुने यि केही समस्याहरु एक अर्काबीच हुने अस्वस्थ प्रतिस्पर्धाका कारणले पनि उत्पन्न भएका हुन सक्छन्।
    यस्तो माहामारीको समयमा सामाजिक तथा भौतिक दुरी कायम गरेर विद्यार्थीहरूले घरमै बसेर घरलाईनै बिद्यालय , परिक्षा केन्द्र , अतिरिक्त क्रियाकलाप गर्ने स्थान , परिवारलाई साथी तथा गुरु मान्ने , उत्पादनमूलक क्षेत्र , सृजनसिल क्षेत्र , मनोरञ्जनका स्थान ठान्नुपर्दछ। साथै पढाइसँगसँगै अन्य सिर्जनात्मक र ब्यवहारीक क्रियाकलापमा सदैब आफूलाई समावेश गराउनुपर्दर्छ। घरभित्रै गर्नसकिने क्रियाकलापहरु जस्तै :- गीत संगीत ,साहित्य सृजना , नृत्य , अभिनय , लेखन, चित्रकला,योगा,ध्यान, खेलकुदका साथसाथै अन्य ब्यवहारीक कुरा हरु जस्तै :- अाफुले खाना खाएका भाडाकुडा सफाइ , सानातिना कपडा धुने , घरको सरसफाइ , भान्सामा अाफ्ना अभिभावक लाई सरसहयोग, खेतीपातीका काम, छरछिमेकमा अर्मपर्म, चाडपर्वका बारेमा जानकारी , नातागोता संगको सम्बन्ध अर्थ, सामाजिक दायित्व , कला, सस्कृती , रितिरिवाज, धर्म , परम्परा , संस्कार अादीका बिसयमा घर तथा समाजबाट जानकारी लिने जस्ता कार्यमा सरिक हुनु पनि ज्ञान अार्जन गर्नुहो। अर्थात् आफ्नो दैनिकीमा हामीले गर्दै अाएका क्रियाकलाप परिवर्तन गरेर घरबाटै सैद्धान्तिक र ब्यवहारीक शिक्षा हासिल गर्न सकिन्छ । यस्ता कार्यले बालबालिकालाई अझ उत्तरदायी र जिम्मेवारी बानउदछ।बिद्यालय बाट प्रप्त गर्ने शैद्धान्तिक ज्ञान तथा घर परिवार ,समाजबाट प्रप्तहुने ब्यवाहारीक ज्ञानले भविष्यमा अाफुलाई स्थापित गराउन मद्दत गर्दछ।

    एकान्तवासको बसाइमा हाम्र नानीहरूले यस्ता क्रियाकलापका लागि दैनिक ६ देखि ८ घण्टा समय खर्च  गर्न सक्छन् । बच्चाहरुको इच्छा र उदेश्यलाई राम्रोसँग बुझेर अभिभावकले त्यस इच्छा प्रतिको राम्रा र नराम्रा पक्षहरुका बारेमा बालबालिका हरुलाई स्पष्ट परिदिनुपर्दछ। घरभित्र तनावमा गुज्रिरहेका अाफ्ना सन्ततिलाई आत्म–चिकित्सा पद्धति अपनाई दैनिक १० देखि १२ घण्टा व्यतीत गराउनुपर्दर्छ।जस अन्तरगत पर्याप्त पौस्टिक अाहार, खानपान,पर्याप्त ब्यायम,परामर्श , उत्पेरणा, मनोरञ्जन ,पर्याप्त अाराम तथा निद्रा, परिवारसँग समय व्यतीत अादी पर्दछन्। अहिले सबैका प्राय सबै बालबालिका हरु घरमै छन्। यस कारण एक अर्काबीच राम्रो सम्बन्ध कायम गर्ने समय पनि यही हो। अाफ्ना बिद्यार्थी र बालबालिकालाई यो लकडाउनको समयमा हामीले धेरै कुराहरू बुझाउन र सिकाउन सक्छौं । हामी सबैले यो समयलाई चुनौती नभएर अवसरहो भनेर बुझ्न जरुरी छ।

    मुलतः स्कुले तथा विश्वविद्यालय तहाका विद्यार्थीहरूले यस समयलाई अाफ्नो अान्तरीक मुल्यांकनमा खर्च गर्नुपर्दछ। अाफ्ना कमि कमजोरी लाई केलाएर सुधारकालागि प्रयत्नशील हुनुपर्छ र यसकालागि परिवार विसयगत शिक्षकले सहजीकरण गरिदिनुपर्दछ। अाफुले अध्यायन गरेका विसयहरमा कहाँ कमी कमजोरीछ त्यसलाई पुन अध्यायन गरेर स्वमूल्याङ्कनको आधारमा सुधार गर्न जान्नुपर्दछ। अाफ्नै प्रयासमा यदि बिद्यार्थीले आफ्ना कमी कमजोरी हरु चिन्न र बुझ्न सकेभने त्यसलाई सुधार गर्न सजिलो हुन्छ। यश समय शिकाई र शिक्षण विधिका स्रोतहरु पाठ्यपुस्तक, उत्तरपुस्तिका ,अनलाइन, अफलाइन तथा भर्चुअल शिकाइका बिधि तथा सामाग्री हरुको उपलब्धता र ब्यवस्थापनमा विशेष तयारी तथा ध्यान पुर्‍याउनु पर्दछ। बालबालिकाका लागि पाठ्यपुस्तक भरपर्दा स्रोतहुन्। भने अनलाइन हाम्रो जस्तो देशकालागि तत्काल क्ष्यणिक विकल्प मात्रै हुन् । तसर्थ हाम्रा विद्यार्थीहरूले अनलनइनमा कम र पाठ्यपुस्तक र ब्यवहारीक विसयमा बढीनै ध्यान दिन जरुरी हुन्छ। अनलाइन विधि, सुविधा सबैतिर तत्काल संभवछैन। यस कारण हामी सँग जे जे सुबिधा उपलब्ध छन् त्यसकै बढी सदुपयोग गर्नुपर्दर्छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…