• आर.एन चौधरी थारु/क्वालालम्पुर 
    फेब्रुअरी-७रातोकलम अनलाइन,

    साहित्यिक चौतारी नेपाल ,शाखा मलेसियाले आफ्नो स्थापनाको चौथो बार्षिक उत्सव धुमधामले मनाउने भएको छ्।

    नेपाली साहित्यको बिकाश र बिस्तारमा अनवरत कृयाशिल संस्था साहित्यिक चौतारी नेपालको साखा मलेसियाले" फैलिदो छ हाम्रो पहुँच सात समुन्द्र वारिपारी,
    "जहाँ नेपाली साहित्य सर्जक त्यहा साहित्यिक चौतारी,,भन्ने मुल नाराको साथ स्थापनाको चौथो बार्षिक उत्सव तथा साहित्यिक विशेष बृहत कार्यक्रम २०१८ गर्न लागिएको हो।

    आयोजकको अनुसार  फेब्रुअरी महीनाको ११ तारिख,आइतबार बिहान १० बजे मलेसियाको राजधानी क्वालालम्पुर स्थित गोर्खा रेष्टुरेन्टको प्राङ्गणमा मनाउने लागिएको यस् संस्थाका अध्यक्ष डिल्ली प्रसाद छत्कुलीले जानकारी दिएका छन।

    अध्यक्ष छत्कुलीको भनाइ अनुसार यस् चौथो बार्षिक उत्सव कार्यक्रममा रोजगारीको शिलशिलामा प्रवास मलेसियामा बसि साहित्य क्षेत्रमा योगदान पुर्याएका बिशिष्ट ब्यक्तित्वहरुलाई सम्मान तथा बिदाई गर्ने कार्यक्रम रहेको छ।भने बार्षिक प्रतिबेदन र अगामी योजना सार्वजनिक,सिर्जना तथा गजल वाचन कार्यक्रम,नाचगान लगायतको विभिन्न कार्यक्रमहरु हुने बताउनु भएको छ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…