• उर्लाबारी । मोरङको उर्लाबारीका निजी विद्यालयका सञ्चालकहरुले अभिभावक भेला बोलाएर शुल्क तिर्न दबाब दिन थालेपछि अभिभावकहरु संगठित भएका छन् ।

     

    कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन गरेको अवस्थामा निजी विद्यालयलगायत सबै ठप्प भएको अवस्थामा पनि विद्यार्थी भर्ना तथा मासिक शुल्क बुझाउन दबाब दिन थालेपछि अभिभावक संगठित बनेका हुन् । उर्लाबारीका केही दिन विद्यालयले अभिभावक भेला बोलाएर विद्यार्थी भर्ना र मासिक शुल्क नबुझाए विद्यालयमा तालाबन्दी गर्ने चेतावनीसमेत दिएको अभिभावकहरुले आरोप लगाएका छन् ।

     

    विद्यालय सञ्चालकले विद्यार्थीको शुल्क तिर्न नसक्ने भए विद्यार्थी निकाल्न भनेपछि केही निजी विद्यालयका विद्यार्थीहरु निकालेर अभिभावकहरुले उर्लाबारी–६ को राधिका माध्यमिक विद्यालयमा भर्ना गर्ने तयारी गरिरहेको बुझिएको छ । अभिभावकहरुको भेलाले राजेन्द्र पौडेलको अध्यक्षतामा १७ सदस्यीय नगरस्तरीय अभिभावक समिति गठन भएको छ । सो समितिले नगरपालिकाले निजी विद्यालयको मनोमानीविरुद्ध ध्यानाकर्षण गराउने जनाएको छ ।

     

     

    लकडाउनको समयमा पढाई नभएको अवस्थाको रकम कुनै पनि हालतमा तिर्न नसकिने अध्यक्ष पौडेलको भनाई छ । निजी विद्यालयले विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गर्न खोजेको कारण अभिभावकहरु संगठित हुनु परेको सचिब सर्वजित भण्डारीले बताउनुभयो । पहिलो चरणमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने र त्यसपछि पनि अभिभावकको माग सम्बोधन नभए सशक्त रुपमा प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …