• उर्लाबारी । उर्लाबारी नगरपालिकाले आगामी आर्थिक बर्ष २०६७७÷०७८ को बजेटमा दिर्घकालिन महत्वका नगर गौरबका योजनाहरुमा बक्राहाघाट ब्यवस्थापन तथा झुम्राहा पूल निर्माणलाई राखेको छ ।

     

    त्यस्तै,उर्लाबारी नगरपालिकाले दमकल खरिद गर्नका लागि ७० लाख रुपैयाँ बजेटको ब्यवस्था गरेको छ । त्यस्तै, उर्लाबारी नगरपालिका वडा नं. १, २ र ३ को भवन निर्माण गर्न बजेटको ब्यवस्था गरेको छ । विपन्न, असहाय, अपाङ्ग, बृद्ध, बालबालिका, एकल महिलाहरुको लागि स्वास्थ्य र उपचारको विशेष ब्यवस्था गर्ने, सववहान र एम्बुलेन्स सेवा नियमित मिलाउने, सबै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँज विस्तार गर्ने, जेष्ठ

     

    नागरिकको स्वास्थ्य आवश्यकतालाई पहिचान गरी उपयुक्त स्वास्थ्य सेवा निशुल्क ब्यवस्था गर्ने, एम्बुलेन्सको भाडादर एकरुपता कायम गर्ने, अतिविपन्नलाई नगरपालिकाबाट स्वास्थ्य विमा गराउनेलगायत स्वास्थ्य सेवा सम्बन्धि नीति तथा कार्यक्रम ल्याएको छ । त्यस्तै, ब्यवसायिक खेती तथा पशुपालनका लागि कृषकहरुलाई प्रोत्साहन, सघन खेती, कम क्षेत्र र लागत बढी उत्पादन हुने गरी पकेट एरिया छनौट गर्ने, सामुहिक र ब्यवसायिक कृषि खेतीलाई प्रोत्साहन, निजी तथा सहकारी क्षेत्रबाट साझेदारीमा शित भण्डार निर्माण तथा सञ्चालन गर्ने, स्थानीय स्तरमा

     

    खाद्यान्य आत्मनिर्भरताको नीति अवलम्बन गरी कृषि क्षेत्रको विकासमा प्राथमिकता दिने, बाँझो जग्गा कमाउन प्रोत्साहन गनेृ, कृषि पेशालाई प्रविधिमैत्री बनाउने तथा कृषक सम्मान कार्यक्रमलगायत कृषि तथा पशु कार्यक्रम ल्याउने जनाइएको छ । सेवाग्राहीलाई नगरपालिकाले मुस्कानसहित छिटो, छरितो र सेवामैत्री ब्यवहार अपनाउने नीति लिएको छ । साथै कर्मचारीलाई दण्ड र जरिवानाको साथै पुरस्कारको ब्यवस्था गरेको छ ।

     

    त्यस्तै, सडकलगायत भौतिक पूर्वाधारको निर्माण दिगो र गुणस्तरीय हुने गरी निर्माण गर्ने, उर्लाबारीका ९ वटै वडामा आर्थिक बर्षमा २०७७÷०७८ देखि कम्तिमा एउटा १० लाखका क्रमागत नमूना योजना छनौट गरी कार्यान्वयमा ल्याइने जनाइएको छ । आगामी ३ बर्षभित्र नगरपालिकाका सबै वडा कार्यालयहरु पक्की सडकको नेटवर्कले जोडिने, तीन बर्षभित्र सबै वडा कार्यालयहरुमा सुविधासम्पन्न भवन निर्माण गर्ने, भौतिक पूर्वाधार निर्माणमा वडाबाट ३ लाख भन्दा माथिका र नगरपालिकाबाट ५ लाख भन्दा माथिका योजना मात्र बनाउने जनाएको छ ।

     

    प्रत्येक वडाले कुनै एउटा वस्तीको सडकलाई नमूना रुपमा विकास गरी नाला, वृक्षारोपण, सरसफाई, सोलारवत्तिसहितको कम्तीमा ३ सय मिटरदेखि ५ सय मिटरसम्म बनाउन चाहेमा उपभोक्तासँग नगरपालिकाले २५ प्रतिशत लगानी साझेदारी गर्ने, नगरपालिकाबाट सार्वजनिक खरिद कार्यको सूचना ई–बिल बाट प्रकाशित गर्न प्राथमिकतालगायत योजना ल्याएको छ । मेरो फोहोर मेरो जिम्मेवारी , फोहोरलाई मोहर बनाऔं भन्ने नाराका साथ घरेलु फोहोर ब्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गर्ने, आधुनिक फोहोर ब्यवस्थापन केन्द्र बनाउन लगानी साझेदारको खोजी गर्नेलगायत योजना छ । मावा, बक्राहा, सोल्टी, मिक्लुलगायत खोलामा कटान रोक्न तटबन्ध कार्यलाई निरन्तरता दिने योजना छ ।

     

    बेतिनी सिमसार क्षेत्रमा पिको हाइड्रो पावर सञ्चालन गर्ने, बैकल्पिक उर्जाको प्रयोगलाई प्राथमिकता, अतिविपन्नलाई निशुल्क विद्युत मिटर जडानलगायतका योजना अघि सारेको छ । सामुदायिक विद्यालयको गुणस्तर बृद्धिमा जोड दिने, विद्यालयहरुमा निशुल्क सेनिटरी प्याडको उपलब्ध गराउने, शिक्षाको नगर गुरुयोजना तयारलगायतका योजनालाई नीति तथा कार्यक्रममा समेटेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…