विराटनगर । विगत आठ महिनादेखि विराटनगरको गोल्डेन अस्पतालको शैय्यामा छन् गणेश राई । उपचारमा लागेको खर्च तिर्न नसक्दा राईकी श्रीमती र छोरा गोल्डेन अस्पतालबाट बाहिर जान पाएका छैनन् ।
गत वर्षको कात्तिक १२ गते भाइटीकाको दिन दुर्घटनामा परेका राई अझै अचेत अवस्थामा नै छन् । यनी सुनसरीको तरहराका बासिन्दा हुन् । उनको परिवारमा श्रीमती र एक छोरा छन ।
आठ महिनादेखि गोल्डेन अस्पतालको शैय्यामा जीवन र मृत्युसँग लडिरहेका गणेशलाई न त परिवारको नै साथ छ न त आफूले जानेको नै केही छ । गणेशका श्रीमती र छोरा सन्तोष सहाराविहीन अवस्थामा छन् । आर्थिक अभावका कारण उनलाई अस्पतालबाट बाहिर लान समेत सकिएको छनै ।
घटना घटेको आठ महिना पुगिसक्दा पनि कही कतैबाट साहारा नमिलेको कारण उनीहरू सहयोगका लागि छट्पटाइरहेका छन् ।