काठमाडौं । जापानमा बस्ने एक युवाहरुको जमातद्वारा निर्माण गरिएको छोटो चलचित्र ‘परिबन्द’ (कोभिड १९) सार्वजानिक भएको छ ।
जुनकिरी इन्टरटेनमेन्ट नामक युट्युव च्यानल मार्फत सार्वजानिक भएको सो छोटो चलचित्रले एक नेपाली युवाको अहिलेको समसामयिक विषयको उठान गरेको छ । विदेशमा रहँदा नेपालीले भोग्नुपरेको यथार्थ समस्याहरुलाई उजागर गरिएको छ ।
यस चलचित्रमा राजु केसी, पवन लामा, राजेश कुमार मैनाली, धन खत्री, हरि घिमिरे, सुवर्ण बोहोरा र सन्तोष केसीको अभिनय रहेको छ । यस्तै डाइलग भीषण राई, सम्पादन प्रविन हिराचन र छायांकन पवन केसीले सम्हालेका छन् ।
लकडाउनको समयमालाई सदुपयोग गर्दै सो सर्ट मुभि निर्माण गरिएको चलचित्रका लेखक तथा निर्देशक विक्रम तामाङले जानकारी दिए ।
भिडियो हेर्नुहोस ...
https://www.youtube.com/watch?v=TsNydEeMZJU&fbclid=IwAR3LOD-guzP6rLf7RLcE0AK4yzEhB9UPY8rRHEzb1TTCqYn_1jFlvtbMZAA