• मोरङ । पारिवारिक तनावकै कारण सुनसरी जिल्ला अदालतका न्यायाधीशका बडीगार्डले गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।



    सोमबार साँझ अदालतको छतमा आफैले बोकेको पेस्तोलले कञ्चटमा गोली फायर गरी ३५ वर्षका प्रहरी हबलदार ओमप्रकाश खतिवडाले आत्महत्या गरेका थिए ।

     

    उनी आइतबार न्यायाधीश शङ्कर बहादुर राईसँग बिदा मागी मोरङ उर्लाबारी ९ दुर्गापुरी घर गएका थिए । सोमबार ११ बजे अदालत आए पश्चतनै खतिवडा निकै तनावमा थिए ।

     

    प्रहरी स्रोतका अनुसार उनको श्रीमतीसँग विवाद हुँदै आएको थियो । घटना हुनु अघि खतिवडाले श्रीमती र अर्को एक पुरुषलाई फोन गरेका थिए । फोन राखे लगतै उनले आफैलाई गोली फायर गरेका थिए ।

     

    उनले बडीगार्ड बस्ने क्वाटरदेखिको माथिल्लो छतमा गएर पेस्तोलले दाहिने कञ्चटमा गोली फायर गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएपनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुराएपछि मृत घोषणा गरिएको थियो ।

     

    खतिवडा इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा दरबन्दी भई विगत ६ महिनादेखि न्यायाधीश राईको बडीगार्डको रूपमा कार्यरत थिए । खतिवडाको शव पोस्टमार्टम गरी परिवारजनलाई बुझाउने तयारी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…