•  सुनसरी, २४ माघ । सुनसरीका एसपी विद्यानन्द माझी निलम्बनमा परेका छन् । इटहरीमा भएको बलात्कार काण्डलाई ढाकछोप गरेको आरोपमा एपसी माझीसँगै इन्स्पेक्टर चिरञ्जीवी दाहाल पनि निलम्वनमा परेका छन् ।

    एसपी माझीलाई हेडक्वाटर झिकाउने तयारी भएको डिएसपी नारायणप्रसाद चिमौरियाले जानकारी दिए। बालिका बलात्कार प्रकारणलाई लुकाउन भूमिका खेलेको आरोप लागेपछि मंगलबार उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस समेत गरिसकेको छ।

    तरहराकी १४ बर्षीया बालिकाको बयान अनुसार इटहरीको रोयल रिसोर्टमा बलात्कार भएको थियो । एक महिना अघि बिराटनगरका मनिष श्रेष्ठ र धरानका जुकल लिम्बुले बलात्कार गरेका थिए ।

    सो आरोपमा लिम्बु पक्राउ परिसकेका छन् श्रेष्ठ भने अझै फरार छन् । पीडितकै किटानी जाहेरीका आधारमा मुद्धा दर्तासँगै एसएसपी हरिबहादुर पालको नेतृत्वमा ५ सदस्य छानबिन समिति समेत बनेको छ । एसपी माझी ६२ औं प्रहरी दिवसको अवसरमा सम्मानित भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरुवा भई आएको छोटो समयमा सुम्पिएको पदीय दायित्व र जिम्मेवारी विभागिय निति निर्देशन अनुरुप अनुशासित तवरले कार्य सम्पादन गरेको मूल्याङकनका आधारमा एसपी माझीलाई संघीय प्रहरी ईकाई कार्यालयले सम्मान गरेको थियो । तर, उनी मंगलबार निलम्बनमा परेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…