•  

     

    भिक्टोरिया क्रस बेलायतको सबैभन्दा ठूलो सैनिक सम्मान हो । यो युद्धमा सबैभन्दा धेरै बहादुरी प्रदर्शन गर्ने सैनिकले पाउँछन् । भिक्टोरिया क्रसलाई छोटकरीमा भी.सी. भनिन्छ । भिक्टोरिया क्रस पाउने व्यक्तिको नामको पछाडि भी.सी. लेख्ने चलन छ । यसलाई सैनिकले पउने उपाधीको रुपमा लिने गरिन्छ । भिक्टोरिया क्रसको स्थापना सन १८५६ मा भएको हो । सन १८५७ जुन २६ मा पहिलो पटक भिक्टोरिया क्रस प्रदान गरिएको थियो । पहिलो पटक भिक्टोरिया क्रस पाउने व्यक्ति भने चाल्र्स डेभिस लुकास हुन् ।

     

    गोर्खा बटालियनको तर्फबाट हालसम्म ११ नेपाली गोर्खालीले भिक्टोरिया क्रस पाइसकेका छन् । सबैभन्दा पहिला भिक्टोरिया क्रस पाउने गोर्खाली कुलवीर थापा मगर हुन् । उनले प्रथम विश्वयुद्धमा उक्त उपाधी तथा सम्मान पाएका थिए । त्यस्तै सबैभन्दा कम उमेरमा भी.सी. बनेका गोर्खाली करणबहादुर राना हुन् । उनी भी.सी. बन्दा जम्मा १९ वर्षका मात्रै थिए । भी.सी. उपाधी पाएका मध्येमा रामबहादुर लिम्बू मात्रै जिवित छन् । मर्नेहरू मध्येमा सबैभन्दा धेरै बाँचेका लछिमान गुरुङ हुन् । उनी ९२ वर्ष बाँचेका थिए । ११ जान गोर्खाली भी.सी.हरू मध्येमा ३ जनाको ज्यान युद्धमै गएको थियो । उनीहरूले मृत्युपछि भी.सी. उपाधी पाएका हुन् । सजमा शेरबहादुर क्षेत्री, नेत्रबहादुुर थापा र थामन गुरुङ हुन् । उनीहरू दोस्रो विश्वयुद्धताका सन १९४४ मा अलग अलग युद्धमा मारिएका थिए ।

     

    तलको भिडियोमा ११ जना नेपाली गोर्खे भी.सी. हरूले कसरी युद्ध गरेर भी.सी. बने भन्ने बारेमा विस्तृत रुपमा व्याख्या गरिएको छ ।

    https://www.youtube.com/watch?v=ILMS5-LNJfY

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …