पथरी माघ २४
उत्तरी मोरङको लेटाङ–४ मा अवस्थित श्री शिवालय मन्दिर ब्यबस्थापन समितिले “उत्तरी मोरङको शान,लेटाङको पहिचान” भन्ने मूल नाराका साथ स्वर्णमहोत्सव आयोजना गर्ने भएको छ ।
मन्दिर निर्माण भएको ५० बर्ष पूरा भएको उपलक्ष्यमा “हामी सबैको आत्मा, शिव परमात्मा”भन्ने कुरालाई मनन गर्दै महोत्सब आयोजना गर्न लागिएको बुधबार मन्दिरको सभाहलमा एक पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । वि.स २०२४ सालमा स्थापना भएको मन्दिरले यही माघ २९ देखि फागुन २ गतेसम्म महोत्सब आयोजना गर्न लागेको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रकाश श्रेष्ठले जानकारी दिएका छन । महोत्सबमा ४ लाख ५० हजार खर्च हुने समेत जानकारी गराईएको थियो । महोत्सवमा माघ २६ गते सरसफाई कार्यक्रम,२९ गते रत्तदान कार्यक्रम, नगरपरिक्रमा, कार्यक्रम उदघाटन,स्मारिका बिमोचन, फागुन १ मा बाती कात्ने प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता,२ गते भजन किर्तन,सम्मान,चिठठा कार्यक्रम र समापन रहने मन्दिर ब्यबस्थापन समितिका सचिब बिकास अधिकारीले जानकारी दिए । लेटाङ बजार र मन्दिर स्थापना भएको ५० बर्ष पुगेको अबसरमा स्मारिका समेत प्रकाशन गर्न लागिएको र सो स्मारिकामा लेटाङ बिस्तृत कुराहरु समाबेश गरिएको जनाईएको छ । पत्रकार सम्मेलनमा लेटाङका प्रधानपञ्च निरबिक्रम किराँत,वडा नम्बर ४ का वडाअध्यक्ष सन्तोष कार्की लगायतले यो कार्यक्रमले लेटाङको गरिमा बढाउने जानकारी दिइयो ।