२४ माघ, सुर्खेत । प्रदेश ६ मा पनि राष्ट्रियसभा सांसदको चुनावको मत परिणाम आउन सुरु गरेको छ ।पहिलो चरणमा दलित र अपाङगता तथा अल्पसंख्यकको मतपरिणाम सार्वजनिक भएको छ ।
नरपतिले तीन हजार ६६६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मित्रलाल सार्कीले ९६० मत ल्याए ।मत परिणाम अनुसार वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका नरपति लुवार (दलित) र माओवादीका जीवन बुढा (अपाङगता) विजयी भएका छन् ।
यस्तै जीवनले तीन हजार ७२० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका गोपालप्रसाद शमाएले ९७८ मत ल्याए ।
अन्य ६ पदको मतगणना भने जारी छ ।