•  

     

    उर्लाबारी । कोभिड–१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलब–सुविधा नपाएको भन्दै मोरङको उर्लाबारीका निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका छन् ।

     

    उर्लाबारी क्षेत्रका निजी विद्यालयका शिक्षक–कर्मचारीहरुले आज प्याब्सन उर्लाबारी नगरसमिति र उर्लाबारी नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै तलब सुविधा उपलब्ध गराउन माग गरेका हुन् । माघ महिनादेखिकै रकम पाउन नसकेको भन्दै उनीहरुले गुनासाे गरेका छन् । विद्यालयहरुले अनलाइन शिक्षालगायतका नाममा शिक्षकहरुलाई काममा खटाइरहेको अवस्थामा पनि तलब सुविधा भने नदिएको उनीहरुको आरोप छ ।

     

    निजी विद्यालयका शिक्षक रमेश विष्टले बन्दाबन्दी सुरु भएयता आफूहरुले तलब नपाएको बताउनुभयो । हामीले तलब पाएका छैनौँ, उहाँले भन्नुभयो, पटक–पटक माग गरे पनि कहीँकतैबाट सुनुवाइ भएको छैन, बाध्य भएर आन्दोलन उत्रिएका हौँ ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…