काठमाडौँ — नेपाल खुला विश्वविद्यालयले अर्को महिनादेखि पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयको बुधबार बसेको पहिलो सभाले विभिन्न संकायको ६८ वटा कार्यक्रम सञ्चालन गर्न स्वीकृति गरेपछि कक्षा सुरु गर्ने बाटो खुलेको हो विश्वविद्यालयका उपकुलपति प्रा.लेखनाथ न्यौपानेका अनुसार मार्चदेखि एजुकेशनल स्टडीज, सोसल साइन्स र आइटीमा एमफिल, डिस्ट्यान्स एण्ड इ लर्निङको एक वर्षे कोर्ष सुरुआत गर्न लागेको हो । ‘यो महिनामा भर्नाको सूचना जारी गर्छौ,’उनले भने,‘अर्को महिनादेखि अनलाइनमा आधारित कोर्सको पढाई सुरु गर्छौं ।’