मोरङ । सुनसरी जिल्ला अदालतका न्यायाधीशका बडीगार्ड एवम् प्रहरी हबलदार ओम प्रकाश खतिवडाले गोली हानी आत्महत्या गरेको घटनाको बुवा आमाले न्यायको माग गरेका छन ।
मिडियामा पहिलो पटक कुराकानी गर्दै बुवा काशिनाथ र आमा नर्बदा खतीवडाले छोराले आफनो कारण नभइ कसैले मानसिक टचर दिएर मर्न बाध्य बनाइएको जिकिर गरेका छन ।
घटनाको सत्यतथ्य कुरा बाहिर आउने आसा बसेका बुवा आमाको अझै आखा ओभाएका छैनन ।
१६ असारमा न्यायाधीश शंकर बहादुर राईका बडीगार्ड रहेका मोरङ उर्लाबारी ९ दुर्गापुरीका खतिवडाको घटनामा उनका भाइले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटना भएको तेस्रो दिनमा दुरुत्साहनको जाहेरी दिएका थिए ।
https://youtu.be/bxabXTwTGAE