युबराज रेग्मी श्रावण २ , झापा / झापा जिल्लाको गौरादह नगरपालिकाले आफ्ना वडा हरुमा निर्माण हुँदै गरेका नबनिर्मित ५ वटा वडा कार्यालयहरु मध्ये वडा न ३ को वडा कार्यालयको समुद्घाटन आज सुक्रबार सम्पन्न गरेको छ ।
वडा न ३ को धोबनिया चोक नजिकै निर्माण गरिएको कार्यालय आज एक औपचारिक कार्यक्रम गरि समुद्घाटन गरिएको हो । ७ कोठाको सुबिधा सम्पन्न कार्यालय भबन नगरपालिकाले बिनियोजन गरेको ८६ लाख ३० हजार र प्रदेस सरकारले उपलब्ध गराएको २५ लाख आर्थिक सहयोग गरि जम्मा १ करोड ११ लाख ३० हजारको निर्माण लागतमा उक्त भबन निर्माण गरिएको कार्यक्रमका सभापती तथा सोही वडाका वडा अध्यक्ष गजेन्द्र घिमिरेले कार्यक्रमको स्वागत मन्तव्यमा जानकारी गराएका थिए । साथै आजैका मिति देखि सो वडाका सम्पुर्ण सेवाहरु नब उद्घाटित कार्यालय बाट सुचारु गरिएको वडा अध्यक्षले बताए ।
वडा कार्यालय निर्माणार्थ जग्गा दाताहरु स्व. उमानाथ सिक्देल , बिष्णु राई ,पुन्य सिक्देल ,मयानाथ सिक्देल ,लिला ब . कार्की र लक्ष्मी सिक्देल हरुले ६.५ कठ्ठा जग्गा उपलब्ध गराएका थिए । नगरपालिकाका प्रसासकिय अधिकृत खेम राज ओझाले सन्चालन गरेको कार्यक्रमको प्रमुख अतिथीमा पुर्ब साम्सद दिपक कार्की विशिष्ट अतिथि नगर प्रमुख रोहित कुमार साह , अतिथी उप-प्रमुख गिता भेट्वाल विभिन्न वडाका वडा अध्यक्षहरु दलगत प्रतिनिधि , सामाजिक ब्यक्तित्व , सम्बन्धित वडाका वडा सदस्य , कर्मचारी , महिला सन्जाल , टोल बिकास समिती सदस्यहरु लगायत वडाबासी हरुको गरिमामय उपस्थितीमा अधिकाम्स बक्ताहरले द्रुत गतिमा वडा कार्यालय निर्माण गर्न लागि पर्ने जनप्रतिनिधि र सहयोगी दाता महानुभाबहरुलाइ धन्यबाद दिएका थिए ।
नबनिर्मित वडा कार्यालयको सभाहलमा सन्चालित कार्यक्रममा जग्गादाता हरुलाइ दोसल्लाले सम्मान गरिएको थियो । नगरपालिका अन्तरगत नब निर्मित ५ वटा वडा कार्यालय मध्ये वडा न २ , ४,८ ,र ९ न वडा कार्यालयहरु पनि निर्माणाधिन अवस्थामा रहेको नगरप्रमुख रोहित कुमार साहले बताए । कोरोना भाइरस संक्रमण सन्त्रासका बाबजुद साबधानि अपनाइ आयोजित कार्यक्रममा सन्क्रमण बाट आफू बच्दै अरुलाइ पनि बचाउन अनिरोध गर्दै गौरादह नगरपालिका लाई समृद्ध नगरपालिका बनाउन सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरु दत्तचित्त भइ लागीपरिरहेको नगरप्रमुख बताउछ्न ।