• २४ माघ, दाङ । नेपाली कांग्रेस प्रदेश ५ मा विपक्षी दलको नेता बन्न तीन जनाले आकांक्षा देखाएका छन् ।८७ जना प्रदेश सांसद रहेको प्रदेश ५ मा नेपाली कांग्रेसबाट १९ जना विजयी भएका छन् । कांग्रेस संसदीय दलको नेतामा पाल्पाका वीरबहादुर राना, दाङका डिल्ली चौधरी र कपिलवस्तुका वीरेन्द्र कनौडियाले आकांक्षा राखेका छन् ।

    प्रदेश पाँचमा वाम गठबन्धनको स्पष्ट बुहमत आइसकेकाले नेपाली कांग्रेस संसदीय दलको नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्ने छन् । पाल्पाका प्रदेश सांसद रानाले अहिलेका सबै प्रदेशसभा सदस्य भन्दा आफू सिनिएर भएको बताएका छन् ।‘म पार्टी संगठनमा लामो समयदेखि काम गर्दैै आएको छु,’ उनले भने, ‘पार्टीले मेरो उचित मूल्यांकन गर्नेछ ।’ राना कांग्रेसको पाल्पा जिल्ला सभापति हुन् ।

    दाङका डिल्ली चौधरीले श्रम राज्यमन्त्रीका अनुभव लिइसकेका छन् । ‘म मन्त्री भएर काम गरिसकेको मान्छे, मेरो आकांक्षा हुनु स्वभाविक हो,’ उनले भने, ‘पार्टीभित्र संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने हाम्रो योजना रहेको छ ।’ चौधरी प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् ।कपिलवस्तुबाट निर्वाचित पूर्वराज्यमन्त्री विरेन्द्र कनौडियाले आफू संसदीय दलको नेताको आकांक्षी भएको बताएका छन् । पार्टीबाट निर्वाचितमध्ये सबैभन्दा सिनिएर आफू भएको उनको दाबी छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …