साउन १३, काठमाडौं । कमलादीबाट बरामद भएको १५ किलो पहेँलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पाइएको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले मंगलबार बिहान अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको थियो । गाडीमा आएका व्यक्तिले बाटोमा फ्याँकेको
झोलामा भेटिएको १५ किलो पहेँलो धातु परीक्षण गर्दा ५ सय ग्राम सुन भेटिएको प्रहरीले जानकारी दिएको छ । विस्कुट आकारको दर्जनौँ टुक्रा सुनमध्ये आधा किलोमात्रै सक्कली नै रहेको प्रहरीले जनाएको छ । बाहिरबाट हेर्दा सुन सक्कली जस्तो देखिएपनि पित्तलमा जलप लगाएको पाइएको छ । यस्तै प्रहरीले गोली नभएको दुई पेस्तोल पनि बरामद गरेको छ ।
गाडी आएका व्यक्ति भने भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।