•  

    काठमाडौं, साउन १४ गते । नेपालमा कोरोनाभाइरसका २१० जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा हाल नेपालमा कोभिड –१९ का पाँच हजार ३६० जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयले हालसम्म नेपालमा कोरोनाभाइरसबाट १९ हजार २७३ जना सङ्क्रमित भएको जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म तीन लाख ५८ हजार ३४४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १९ हजार २७३ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार हाल १४ हजार ४७१ जना कोभिड–१९ का आशंकित क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा १४६ जना बिरामी कोरोनामुक्त भई घर फर्केका छन् । हालसम्म १४ हजार २१ जना कोभिड–१९ का बिरामी निको भएर घर फर्केका छन् ।

     

    लकडाउन खुले यता साउन ७ गतेदेखि हालसम्म २८ हजार ७२ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । एक हजार ६९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…