• माघ २५  उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले छिमेक पहिलो नीति अवलम्बन गर्न सुझाव दिएको छ ।कार्यदलले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बुझाएको प्रतिवेदनमा चीन र भारतमा केन्द्रित हुन सुझाव दिइएको छ ।

    , सैन्य, आर्थिक र संस्थागत गरी चार भागमा तयार पारिएको प्रतिवेदनमा संविधानमा व्यवस्था भएको निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यताका साथै राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने सुझाव दिइएको छ ।

    साथै छिमेकी पहिलो नीति लिएर भारत र चीनमा केन्द्रित हुनु पर्ने कार्यदलको सुझाव छ पाँच भागमा विभाजन गरिएको उक्त मस्यौदा ८० पृष्ठ लामो छ। समग्र कूटनीति, आर्थिक कूटनीति, सुरक्षा र संस्थागत सुधारलगायतमा प्रतिवेदन तयार गरिएको बताइएको छ।

    कार्यदलले बदलिँदो विश्व परिवेशअनुरूपको गतिशील परराष्ट्र नीति बनाउने गरि मस्यौदा तयार पारेको र यसअनुसार सरकारको नीति र प्राथमिकतामा समेत केही हेरफेर हुन सक्ने बताइएको छ ।

    मस्यौदामा आर्थिक, सामरिक, रणनीतिक, सांस्कृतिक र जनस्तरको सम्बन्धको हिसाबले महत्त्वपूर्ण छिमेकी राष्ट्रसँगको सम्बन्धका प्राथमिकता र कार्ययोजनासमेत निर्धारण गरिएको बताइएको छ ।

    त्यस्तै द्विपक्षीय एवं बहुपक्षीय कूटनीति, सीमा सुरक्षा र विदेशी प्रभाव र त्समा नेपाली परराष्ट्र नीतिका विभिन्न आयाममा पुनर्मूल्यांकन गर्नुपर्ने सुझाव समेत मस्यौदामा उल्लेख गरिएको बताइएको छ ।

    तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले चार महिना समयसीमा तोकेर गत वैशाख ७ मा परराष्ट्रमन्त्री संयोजक रहेको उच्चस्तरीय कार्यदल बनाएको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …