•  

    बिर्तामोड- इलामबाट झापा आएका ३ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । तालिमका लागि झापा आएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सशस्त्र प्रहरीको तालिम केन्द्र पाडाजुँगीमा उनीहरु केही दिनअघि मात्रै आएका थिए । यसअघि सीमावर्ती नाकामा खटिएका सशस्त्र प्रहरीका बीस जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    बिहीबार संक्रमण पुष्टि भएका ४ जनामध्ये तीन जना सशस्त्र प्रहरी रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चाैलागाईले जानकारी दिए । सशस्त्र प्रहरीसहित कोरोना संक्रमित चारैजनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

    इलाममा कार्यरत सशस्त्र प्रहरी निरीक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बिर्तामोडमा पुनः अर्को त्रास थपिएको छ । झापाको बाहुनडाँगीमा सशस्त्र प्रहरी निरीक्षकको स्वाब संकलन गरिएको थियो ।

    रिपोर्ट नआउँदै उनी विर्तामोडको पूर्वमा रहेको धर्मकाँटा छेउको घरमा बस्दै आएका थिए । बिहीबार अपरान्ह उनको रिपोर्ट पाेजेटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौलागाईंले जानकारी दिए ।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …