क्वालालम्पुर । मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको सामाजिक संजालमा आएको भिडियो सम्बन्धमा मलेशिया स्थित नेपाली राजदुतावासको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दुतवासले उक्त भिडियो बारे पुर्ण जानकारी दुतावाससम्म नपुगेकोले सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरि सकेको एक बिज्ञप्ती सार्वजनिक गरेको हो।
उक्त भिडियोमा कुटाइ खाने पीडित वा अन्य जानकार व्यक्तिले दुतावासमा जानकारी गराउन दुतावासले अनुरोध समेत गरेको छ । भिडियो बारे थप अनुसन्धान गरेर दोषीमाथि कारबाही गरिने दुतावास श्रोतले बताएको छ ।
भिडियोमा भारतीय मुलका मलेसियन नागरिक जस्तो देखिने एक व्यक्तिले नेपाली सेक्युरिटी गार्डलाई निर्मम कुटपिट गरि रहेको दृश्य देख्न सकिन्छ। ती स्थानीय ब्यक्तिले सुरक्षा गार्ड नेपालीलाई कुटपिट गरि रहदा नेपाली गार्डले भने कुनै प्रतिवाद गर्दैनन् । भिडियो खिच्ने पनि भारतीय मुलको हुन सक्ने उनलेे प्रयोग गरेको हिन्दि भाषाले पुष्टि गरेको छ ।
कुटपिटमा उत्रिएका ती मलेसियालीले मलायु भाषामा “यहाँ काम गर्न आएको की समस्या उत्पन्न गर्न आएको भन्दै लगातार ती नेपाली माथि सुरक्षा गार्डले प्रयोग गर्ने गहकिलो डन्डाले प्रहार गर्छन।
उक्त भिडियो नेपालमा मात्रै नभइ मलेसियामा पनि चर्चित भए सङ्गै सामाजिक संजालमा छ्याप छ्यप्ती अपलोड भइरहेको छ।सामाजिक सन्जाल प्रयोगकर्ताहरुले भने दोषीमाथि कारबाहीको माग गरिरहेका छन । स्थानीय अनलाइन मिडिया अनुसार प्रहरीले सो ब्यक्ति लाई पक्राउ गरिसकेको बताए पनि सो बारे पुष्टि हुन बाकी छ।
भिडियो हेर्नुहोस।
https://youtu.be/CvieSY18qc4