• काठमाडौं । अस्पतालबाट गत बिहीबार प्रहरीको हतकडी फुस्काएर भाग्ने अभियुक्त हिजो शुक्रबार पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट सार्वजनिक नैतिकता विरुद्धको मुद्दामा म्याद थपको लागि जिल्ला प्रशासन कार्यालय इलाम ल्याइएका पाँचथर जिल्ला कुम्याक गाउँपालिका वडा नं १ का किरण तिखत्रीलाई इलाम नगरपालिका वडा नं. १ पुवाखोलाबाट पक्राउ गरिएको इलाम प्रहरीले जानकारी दिएको छ ।

    सुर्योदय नगरपालिका वडा नं. १० मा अस्थायी बसोबास गर्दै आएका तिखत्रीलाई खोजीमा गएका प्रहरीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

    निजलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जनाएका छन् । राजधानीबाट ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …