• १५ भदौ, काठमाडौं । आर्सनलका इंग्लिस मिडफिल्डर एलेक्स ओक्लेड च्याम्बरलिन ४० मिलियन पाउण्डमा लिभरपुल जान सहमत भएका छन् ।

    मंगलबार चेल्सीको प्रस्ताव अस्वीकार गरेका २४ वर्षीय च्याम्बरलिनले लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका छन् र साताको १ लाख २० हजार पाउण्ड पारिश्रमिक पाउनेछन् ।

    च्याम्बरलिनको आर्सनलसँगको सम्झौता अन्तिम वर्षमा छ र उसले इमिरेट्समै राख्नका लागि साताको १ लाख ८० हजार पाउण्डको प्रस्ताव गरेको थियो ।

    उनले आर्सनलसँग सिजनको सुरुवाती चार खेलमा सहभागी भएका छन् ।

    उनी इंग्ल्याण्डको टोलीबाट बिहीबार माल्टा प्रस्थान गर्नुअघि लिभरपुलमा मेडिकल हुने अपेक्षा गरिएको छ । यस समरको ट्रान्सफर सीमा बिहीबार रातिदेखि सकिँदैछ ।

    सन् २०११ मा साउथहृयाम्टनबाट आर्सलन अनुबन्ध भएयता १९८ खेलमा च्याम्बरलिनले २० गोल गरेका छन् । उनलाई लिभरपुलले क्लवको कीर्तिमानी मूल्य चुकाएको हो । तर लिभरपुलले आगामी सिजन आरपी लेइपजीगबाट नेभी केइटालाई ४८ मिलियन पाउण्डमा भित्र्याउने सहमति गरिसकेको छ ।

    यस सिजन लिभरपुलले रोमाबाट ३४ मिलियन पाउण्डमा विंगर मोहम्मद सलाह, हल सिटीबाट ८ मिलियन पाउण्डमा डिफेण्डर एन्ड्रयु रोबर्टसनलाई अनुबन्ध गरेको छ ।

    लिभरपुल मोनाकोका विंगर थोमस लेमर र साउथहृयाम्टनका सेन्टर डिफेण्डर भिर्गिल भान डिकलाई क्लवमा अनुबन्ध गराउन प्रयासरत छ भने उसका स्टार फिलिप काउटिन्होको पछाडि बार्सिलोना हात धोएर लागेको छ ।

    ट्रान्सफर सीमा सकिनुअगावै लिभरपुलका बेल्जियन स्ट्राइकर डिभोक ओरिगी बुण्डेसलिगा क्लव उल्फवर्गमा लोनमा जानेछन् ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…