• राजेन्द्र महतो
    लहान साउन १७गते।सिरहामा ५जना थप कोरोना संक्रमित पुष्टी भएको छ ।कोरोना भाईरसको संक्रमण पुष्टी
    भएका ५ जना नयाँ संक्रमित मध्ये २ जना समुदायमा रहेका व्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

    सिरहा नगरपालिका क्वारेन्टाइनमा रहेकी २ जना महिला, कल्याणपुर नगरपालिका क्वारेन्टाइनमा रहेकी१ जना महिला र १ जना पुरुष गरी २ जना, लहान नगरपालिका वडा नं. ८ को १ जना गरी ५ जनामा भाइरस पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहा ले बताएका छन।
    नयाँ संक्रमितमध्ये सिरहा नगरपालिका -१६ माडरका एक व्यक्ति र लहान नगरपालिका -८ का १ गरी दुई जनामा कोरोना पुष्टि भएसँगै समुदाय स्तरमा फैलिएको
    जिल्ला स्वास्थ्य कार्यालय सिरहा का प्रमुख कृष्णदेव यादव बताएका छन।

     

    कोरोना संक्रमित पुष्टी भएकाहरुलाई आइसोलेसनमा राखेर कन्ट्याक्ट ट्रेसिङ गरिने जिल्ला स्वास्थ्य कार्यालय सिरहा ले बताएका छन।
    जिल्ला प्रशासन कार्यालय सिरहाका प्र . जि. अ. प्रदिप कणेललेआवश्यकता अनुसार लकडाउन गर्ने, समुदायमा कति फैलिएको त्यसका निम्ति पिसिआर जाँच बढाउन गरी आईतवार आकस्मिक बैठक बस्न लागेको बताएका छन। प्रजिअ कणेंलले सिमा क्षेत्रको आगमनलाई थप कठाई गर्ने, क्वारेनटाईन र आईसोलेसन व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…