• पथरीशनिश्चरे, २५ माघ

    मोरङको पथरीशनिश्चरे २ स्थित लर्डवुद्ध वचत तथा ऋण सहकारी संस्थाले आज नगर प्रमुख सहितका ७ जना जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

    सहकारीको १५ औं स्थापना दिवशको अवसरमा संस्थाका शेयर सदस्यका रुपमा रहनु भएका नगरप्रमुख दीलिपकुमार राई, ७ नम्बर अध्यक्ष कपिलमणि ढकाल, सदस्य मैनादेवी राई, विरोज मगर, २ का सदस्य अरुणा राई, ३ का सदस्य गिरिराज पोखरेल र १ का सदस्य दुर्गाप्रसाद सिटौलालाई सम्मानित गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्यि सहकारी वैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले सम्मानपत्रले उहाँहरुलाई सम्मानित गर्नुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले अव सहकारीले स्थानीयस्तरमा समेत उद्योगहरु सञ्चालन गरेर शेयर सदस्य तथा मुलुकको आर्थिक समृद्धिको अभियान थाल्नुपर्नेमा जोड दिनुभयो ।

    सो अवसरमा ज्येष्ठ सदस्य यमबहादुर गुरुङलाई सम्मानपत्रले सम्मानित गरिएको छ । तिलक सारु, शान्तिमाया कामी सहितका १ दर्जन एकलमहिलालाई नगद २ हजार राहत प्रदान गरिएको छ ।

    सामदायिक विद्यालयतर्फ उत्कृृष्ठ अंक ल्याउने निमछिरिङ शेर्पा र संस्थागततर्फ पवन खनालाई छात्रबृत्ति प्रदान भएको छ ।

    नगर प्रमुख राई, संस्थाका अध्यक्ष धनराज राई सहितले वुद्ध युथ क्लव, हेवेन्लीपाथ सहितका रक्तदाता संघ संस्था तथा सदस्य बृद्धिकर्ताहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको छ ।

    ०५९ माघ २५ गते स्थापना भएको संस्थामा १ हजार ३ सयको संख्यामा शेयर सदस्य रहेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…