राजेन्द्र महतो
लहान साउन १६ गते
मधेशमा जातीय भेदभावको कारणले सिरहा जिल्लाकाे मिर्चैया नगरपालिका वडा नम्बर ४ मा प्रा.वि. कुथनमामा दलित महिला सवर्सम्मतले स्कुलकाे ब्यवस्थापन समितिकाे अध्यक्षमा भवानी महरा बनेपछि उच्च जातिका मानिसले कुनै पनि हालतमा दलितलाई स्विकार्दैनै भन्दै स्कुलमा तालाबन्दी गरेकाे छ ।
प्रा.वि.स्कुलमा अधिकासं दलित समुदायकाे बालबच्चाहरू पढनेगरेकाे छ । विधालय व्यवस्थापन समिति बिधार्थिका अभिभावकहरू बसेर सकुलकाे समिति चयन गर्न सकिन्छ । दलित महिला भवानी महराले अभिभावकले सवर्सम्मतले चयन गरेकाे हाे । दलित जागरण केन्द्र नेपाल, गाेलबजार सिरहाका सचिव संजय महराले जातिय विभेदकै कारणले गैरदलितले स्कुलमामा तालाबन्दी गर्नु जातीय विभेदे पराकाष्ठा भएकोले तालाबन्दी खालेर सहज परस्थिति साम्यबनाउन सम्बन्धित निकाय संग माग गरेकाे छ ।