नेकपा एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बैठकले भोलिका लागि बैठक तय गरेको हो ।
ओली–प्रचण्डबीच विहीबार बिहान बालकोटस्थित ओली निवासमा भेटघाट र कुराकानी भएको थियो । प्रचण्डको सचिवालयका अनुसार आजको भेटघाटमा राष्ट्रिय सभाको निर्वाचन परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।पार्टी एकता प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने विषयमा पनि उनीहरुले कुराकानी गरेका थिए ।