•  माघ २५ गते १६:५२ मा प्रकाशित  नेकपा एमालेका नेता एवम् पूर्व सभामुख सुवास नेम्वाङले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा कुरिरहन नपर्ने बताएका छन् ।नेता नेम्वाङले संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा कुरिरहन नपर्ने प्रष्टयाएका हुन् । राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिने चर्चा भइरहेको छ । तर, नेता नेम्वाङले जनादेश आएलगत्तै तत्काल राजीनामा नदिएर प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, मान्यताको खिल्ली उडाएको आरोप समेत लगाए समुदायमा आधारित वन सहजकर्ता संजाल, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनलाई बिहिबार काठमाण्डुमा उद्घाटन गर्दै उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार चल्ने कुनै पनि मुलुकले जनादेशलाई मान्ने गरेपनि प्रधानमन्त्री देउवाले त्यस अनुसारको आचरण देखाउन नसकेको आरोप पनि लगाए नेता नेम्वाङले प्रतिनिधिसभा समानुपातिक तर्फको मत परिणाम सार्वजनिक हुनेबित्तिकै नयाँ सरकार गठन हुने पनि स्पष्ट पारे उनले जनताको सहभागिता बिना मुलुकको वन सम्पदाको संरक्षण र दीगो विकास सम्भव नहुने धारणा राखे ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …