•  काठमाडौं, २५ माघ । दरवारमार्गस्थित होटलमा भएको बलात्कार काण्डमा एसपीदेखि इन्स्पेक्टरसम्म निलम्बनमा परेका छन् भने छोरा रसिद राइनसँग छोडपत्र नगरेको भनेर धनुषाका हजरा खातुनलाई गत शनिवार सासु ससुराले आगो लगाएर मार्ने प्रयास गरेको प्रकरणमा आगो लगाउने पक्षपोषण गरेको काण्ड पनि प्रहरीमा चर्केको छ ।

    हजरा खातुन नराम्ररी आगोमा झुल्सिएर अस्पतालमा जीवन मृत्युको दोसाँधमा छिन्, प्रहरी उनको उपचारको प्रवन्धमा अभियुक्तलाई पक्राउ नगरेर आर्थिक लेनदेन गरेर पीडितमाथि अन्याय गरेको आरोपले जनकपुर यतिबेला धपक्कै बलेको छ ।

    हजरा खातुनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । शरीरको सम्पूर्ण भाग जलेकाले उनको स्थिति नाजुक भनिएको छ ।

    रसिदलाई प्रहरीले पक्राउ गरेको छ तर यति गम्भीर विषयमा पनि मिलापत्र गराउने प्रहरीले प्रयास गरेको आरोप लागेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…