• कुवेत- कोरोना भाइरसको संक्रमणका कारण कुवेतमा ८ जना नेपालीको मृत्यु भएको छ।यसरी मृत्यु हुनेमा १ महिला र ७ जना पुरूषहरु रहेका छन।

    नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ८ जनाकै परिवार संग समन्वय गरि उनीहरुको कुवेतमै अन्त्येष्टि गरिएको छ।

    दूतावासका अनुसार कुवेतमा लकडाउन शुरु भए देखि हाल सम्म (मार्च-१ देखि जुलाई-३१,२०२०) कोरोना सहित अन्य कारणले २६ जना नेपालीहरुको मृत्यु भएको छ।

    कुवेतमा कोरोना बाहेकको कारण मृत्यु भएका १३ जना(१० पुरुष र ३ महिला)को शब चार्टर र आममाफीको उडान मार्फत नेपाल पठाई सकिएको दूतावास स्रोतले जानकारी दिएको छ।

    कोरोना संक्रमणको कारण मृत्यु हुने ८ जना र अन्य ५ जना मृतकको परिवारसंग सहमती गरि १३ जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ । यसरी कुवेतमै अन्त्येष्टि गरिनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…