• काठमाडौँ — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन् । केन्द्रीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा बैठक शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उल्लेख छ ।

    विज्ञप्तिमा बैठकको एजेन्डा भने खुलाइएको छैन । सभापति देउवानिकट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सिटमा क–कसलाई पठाउने भन्नेबारे छलफल हुने जानकारी दिए । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४० सिट जितेको छ ।

    बैठकबाट निर्णय गराई पार्टीले समानुपातिकतर्फ बुझाएको १ सय १० उम्मेदवारको सूचीबाट शुक्रबार नै महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, मधेसी, खस आर्य, पिछडिएको क्षेत्र (क्लस्टर) मिलाएर प्राथमिकता क्रमअनुसार ४० जनाको नाम तय गरेर निर्वाचन आयोगलाई बुझाउनेछ ।आयोगले शुक्रबार नै प्रतिनिधिसभाको १ सय १० समानुपातिक सिटमा विजयी उम्मेदवार घोषणा गर्दैछ

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …