राजेन्द्र महतो
लहान साउन २७गते। सिरहा को धनगढीमाई नगरपालिका ले अगामी साउन ३२ गतेसम्म लकडाउन तथा आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको छ ।
छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले लागू हुने गरी अगामी साउन ३२ गतेसम्म नगर क्षेत्रभित्र अत्यावश्यक बाहेकका सबैकाम बन्द गर्ने निर्णय गरेको हो।
यो अवधीमा अत्यावश्यक सेवाबाहेक हाटबजार क्षेत्र पसल, होटल र निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरिएको धनगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताएका छन।
प्रमुख प्रशासकीयअधिकृत चौलागाईले भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा समेत सङ्क्रमण देखिएकाले समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सङ्क्रमण फैलिन नदिन लकडाउन लगाउने निर्णय गरिएको समेत बताएका छन।
यसअघि सिरहाको प्रमुख व्यापारी केन्द्र सिरहा , लहान , गोलबजार र मिर्चैया नगरपालिकाले पनि साउन ३२ गतेसम्मका लागि आफ्नो क्षेत्रमा लकडाउन गरिसकेको छ।