•   माघ, २५    काठमाडौं । नामिबियामाथि रोमाञ्चक जित निकाल्दै नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा सुुखद सुरुवात गरेको छ ।नियमित ब्याट्सम्यानहरूले फेरि एक पटक अपेक्षाकृत प्रदर्शन गर्न नसकेको खेलमा बलरहरुले नेपाललाई जिताए ।वर्षाले प्रभावित खेलमा नेपालले घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक निकालेको हो ।





    १३९ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात खराब रहृयो । टिमले खाता खोल्न नपाउँदै ओपनर दिलिप नाथ आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्लसँग ३२ रनको साझेदारी गर्दै कप्तान पारस खड्का व्यक्तिगत १९ रनमा आउट भए ।

    लगतै आरिफ शेख शुन्यमै आउट भए । पाँचौं नम्बरमा शरद भेषावकर आए तर, लगतै ज्ञानेन्द्र व्यक्तगत १५ रनमा आउट हुन पुगे ।दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट हुँदा करण केसीले ३ रन मात्र जोडे । डेब्यू ब्वाइ रोहितकुमार पौडेलले शरदलाई साथ दिने प्रयास गरे र सातौं विकेटका लागि ३७ रनको साझेदारी गरे ।

    शरद व्यक्तिगत २९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९७ रन थियो । थप ११ रन जोड्दा रोहित पनि आउट भए । १७ रन बनाएका उनी एलबीडब्लू धरापमा परेका थिए ।त्यसपछि बसन्त रेग्मी र सोमपाल कामीले पारी सम्हाल्ने प्रयास गरे ।तर, नवौं विकेटका लागि १७ रनको सझेदारी गरेका सोमपाल ४७ औं ओभरमा बोल्ड हुन पुगे, जतिबेला नेपाललाई २० बलमा १८ रन चाहिएको थियो ।

    ४८ ओभरमा नेपालले २ रन मात्र जोड्यो भने अर्को ओभरमा बसन्तले छक्का हान्दै जित तर्फ डोहोर्याए । अब अन्तिम ६ बलमा ७ रन चाहियो ।पहिलो बलमा २ रन लिएको नेपालका लागि दोस्रो बलमा बसन्तले चौका हाने । तेस्रो बल फ्राइलिंकले वाइड फालेपछि नेपालले  ३ बल खेल्नु अघि नै रोमाञ्चक जित निकाल्यो ।

    सन्दिपले लिए ४ विकेट 

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीको पनि सुरुवात राम्रो थिएन । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपाली बलरहरुले ३४.२ ओभरमा १३८ रन बनाउँदा नामिबियालाई अलआउट गरेको थियेा ।उसका क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । ग्रिन र जान फ्राइलिंकले समान २२ रन जोडे ।

    नामिबियालाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने एक्लैले चार विकेट लिए । ८.२ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र १८ रन दिएका थिए । सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मी, पारस खड्का र शरद रेग्मीले १-१ विकेट आफ्नो नाममा लेखाए ।

    खेलमा सन्दिप म्यान अफ दि म्याच बने ।



सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…