२०७७ श्रावण २९, बिहीबार
उर्लाबारी । साउन २५ गते मध्यरातदेखि उर्लाबारी नगरपालिका क्षेत्रमा लकडाउन जारी छ ।
कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन नदिन एक सातासम्म नगर क्षेत्रमा लकडाउन गरिएको हो । लकडाउनका कारण अधिकांश ब्यापार ब्यवसाय ठप्प देखिएको छ भने सवारी साधन भने सञ्चालनमा रहेको छ । आज चौथो दिन पनि लकडाउन जारी छ ।
यसैबीच उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले लकडाउनको पालना गरी कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिनबाट बचाउन अपिल गर्नुभएको छ । उहाँले सम्पूर्ण उर्लाबारीबासीलाई सचेत रहन आग्रह पनि गर्नुभएको छ ।
file photo