•  

    जग्गाको बिषयमा धम्कि दिएको आरोप प्रत्यारोप
    भूमाफिया भन्दै साप्कोटाको जग्गामा सुकुम्बासी कालो झण्डा

    पथरी, बिहिबार, साउन २९, २०७७
    मोरङको पथरीशनिश्चरे नगरपालिका(३ मा जग्गाको बिषयलाई लिएर एक आपसमा धम्कि दिएको आरोप(प्रत्यारोप गर्दै प्रहरी कार्यालयमा उजुरी परेको छ ।

    बिहिबार ९साउन २९० करिब १२ बजे सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघार्ष समितिले भूमाफियाको आरोपसहित अभिकेशर साप्कोटाको जग्गामा कालो झण्डा गाडेको छ । उनिहरुले साप्कोटाको घर नजिकै खेतमा झण्डा गाडेका हुन ।
    कालो झण्डा गाडी सकेर सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघार्ष समितिको अध्यक्ष मौसम लिम्बूले साप्कोटा परिवारले सत्ता र प्रहरी प्रशासनको आडमा सुकुम्बासीको जग्गा कब्जा गर्न लागि परेको आरोप लगाए ।

    तीन परिवारको जग्गा फिर्ता नगरेसम्म सुकुम्बासीको आन्दोलन जारी रहने बताए । मौसम लिम्बूले भूमाफियाको आरोप लगाएका ईस्वरी साप्कोटाले भने आफूले कसैको जग्गा कब्जा नगरेको र नगर्ने बताए । २३ बर्ष अघि बाबुले किनेको जग्गा अपुग भएपछि नगरपालिकाले दावी गर्न सूचना निकाले बेला फारम भरेको तर कसैको जग्गा दाबी नगरेको बताए ।

    घट्ना विवरण अनुसार नगरपालिका(३ सिरिजंङ्गा चोकको अभिकेशर साप्कोटाले
    २०५४ सालमा उक्त स्थानमा एक बिगाहा १७ कट्ठा जग्गा किनेका थिए । त्यो बेला ननापी फिल्ड देखाएकै भरमा जग्गा खरिद बिक्री भएको थियो ।

    साप्कोटा परिवार छुटिने क्रममा नाप्दा ९ कट्ठा जग्गा नपुगेको ईस्वरी साप्कोटाले बताए ।
    जग्गा अपुग भएकोले पूरा गर्न नगरपालिकाको सूचना अनुसार फारम भरेका थिए ।
    यो क्षेत्रमा २०३५ सालतिर एउटाले जग्गा आवाद ९ढालफाँड० गरेको र २०४०र०४२ तिर कर्मचारीसँग मिलेर अर्कोले धनिपुर्जा निकालेको दोहोरो स्वामित्व वाला समस्या छ ।

    पथरीशनिश्चरे नगरपालिकाले केही बर्ष अघि दोहोरो स्वामित्व वाला जग्गा धनी र उपभोग गर्दै आएका सुकुम्बासीलाई प्रमाणसहित फारम भर्न सूचना निकालेको थियो ।

    सो समय ९२०७२०मा आफूले पनि ९ कट्ठा जग्गा नपुगेको भनेर नगरमा फारम भरेको ईस्वरी साप्कोताले बताए ।
    साप्कोटा परिवारको सिमानामा मित्रलाल राई, सुमिल योङहाङ लिम्बू र गंगा गहतराजको जग्गा पर्दछ ।
    त्यो क्षेत्रमा दोहोरो स्वामित्वमा रहेको जग्गा धनिलाई भूमाफिया भन्ने प्रचार हुँदै आएको छ । साप्कोटा परिवार भने अन्य मालिक जस्तो नभएर पछि खरिद गरेका हुन ।

    यद्यपि साप्कोटाले पुरानै माफियाको लाइनमा जग्गा खोजी गरेको भन्दै साप्कोटाको सँधियार राई, लिम्बू र गहतराज परिवारले मौसम लिम्बू अध्यक्ष रहेको सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघार्ष समितिलाई साप्कोटा परिवारबाट जग्गा फिर्ता गरिदिन निबेदन दिएका थिए ।
    सुकुम्बासी संस्थाले बुधबार प्रेस बिज्ञप्ति प्रकाशन गरि आज ९२९ गते बिहिबार०साप्कोटा परिवारको जग्गामा कालो झण्डा गाड्ने घोषणा गरेका थिए ।

    ईस्वरी साप्कोटाले भने आफू घरमा नभएको बेला बृध बाबु(आमालाई र आफूलाई फोनमा जग्गा फिर्ता पास नगरे जे पनि गर्न सक्ने भन्दै धम्कि दिएको बताए । जे पनि गर्न सक्ने धम्की दिएपछि इलाका प्रहरी कार्यालय पथरीमा ज्यानको सुरक्षा गरिपाउ भन्ने निबेदन दिएको बताए । साप्कोटाले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय मोरङमा पनि मौखिक जानकारी गराएको साप्कोटाले बताए ।
    यता सुकुम्बासी सस्थाको अध्यक्ष लिम्बूले भने साप्कोटाले सत्ता र प्रहरी प्रशासनको आडमा सुकुम्बासी बिरुद्द बल प्रयोग गरेको भन्दै सुकुम्बासीको पक्षमा जीवनभर संघर्ष गर्न तयार रहेको बताए ।

    https://www.youtube.com/watch?v=58A7ScOM2Vc&fbclid=IwAR3RcVgfO5x38kwCOHYXLWs-zF1Syym5c5Q8jCLw0d3xB696ADE6a0Vp8Xw

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…