• पथरी, बिहिबार, साउन २९, २०७७
    स्वाब संकलन गरेको ६ दिनसम्म पीसीआर रिपोर्ट नआउदा मोरङको पथरी शनिश्चरे नगरपालिकामा त्रास कायम रहेको छ ।
    साउन १७ गते बैज्ञानिक वन सम्बन्धि अनुगमन गर्न कृषि सहकारी तथा प्रकृतिक श्रोत समितिका संयोजक पुर्णकुमारी सुवेदी, सदस्य घनश्याम खतिवडा लगायतको संघीय संसदीय टोली पथरीको हरियाली सामुदायिक वन उपभोक्ता समितिको सभाहल आएका थिए ।

    कार्यक्रममा सहभागी डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिएका थिए । घिमिरेलाई भाइरस भएको प्रमाणित भएपछि पथरीमा त्रास फैलिएको थियो । केही समूहले कार्यक्रम सहभागि सवैलाई कोरोना भएको भानहुने गरी समाजिक सञ्जालमा प्रचार भएपछि झनै आतंक सिर्जना भएको थियो ।
    विशाल घिमिरेलाई कोरोना प्रमानित भएपछि नगरपालिको पहलमा साउन २४ गते जनप्रतिनिधि, आठ पत्रकारसहित ९५ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन भएको थियो । समाजमा आतंक सीर्जनाहुने गरि भ्रमित सूचना प्रबाह गर्ने समूहले पौजवालाले पीसीआर परीक्षण गरेको दोष लगाउदै प्रचार भएको थियो ।

    हरियाली सामुदायिक वन उपभोक्ता समूहका १०, पत्रकार आठ, जनप्रनिधि र पथरी बहुमुखी क्याम्पस क्वारेन्टाइनमा बसेका २० जना लगायत ४५ जना प्राथमिकतामा परेपनि ९५ जनाको पीसीआरको लागि स्वाब संकलन भएको थियो । हरियालीको कार्यक्रममा सहभागि हुनेहरुलाई प्राथमिकतामा राखेर स्वाब संकलनहुनु पर्नेमा पथरी अस्पतालले अन्य धेरै मानिसको संकलन गरेर पठाएका थिए । प्राथमिकतामा परेका भन्दा बढीको स्वाब संकलन भएकोमा पनि जनप्रतिनिधिलाई दोष लगाउदै प्रचार भयो । यद्यपि कार्यक्रममा सहभागि भएको पत्रकारहरु केशव निरौला र करण धितालको पीसीआर अझै परीक्षणमा पठाइएको छैन ।
    कार्यक्रममा सहभागिहुने सवैलाई कोरोना भएको जस्तो गरि प्रचारहुनुको साथै त्यहाँ सहभागि सबैलाई नियन्त्रण लिनुपर्ने जस्तो गरी प्रचार भएपछि पथरीमा एक प्रकारको आतंक जारी रहेको अवस्था छ ।

    विराटनगर लगायतको क्षेत्रमा दैनिक कोरोना भाइरस पोजेटिभ हुनेको संख्या बढ्दै जानु, पथरीमा भ्रम सिर्जना हुनुले स्वाब पठाइएका व्यक्तिहरुलाई समस्या पर्दै गएको हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरले बताए । स्वाब पठाएका व्यक्तिहरुलाई गाउँमा बस्न समस्या हुदै आएको र अर्कोतिर भ्रम फैलाइदै आएकोले झनै तनाव भइरहेको पत्रकार ईस्वर दुलालले बताए ।डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेको यातायातको साधन चालक, स्टापहरु, उनका परिवार, घिमिरेहरुसँगै दिनभर हिडेका संघीय संसदीय टोली लगायतका व्यक्तिहरुलाई भाइरस नेगेटिभ आइसकेको छ । तर, पथरीबाट पठाएको स्वाबको रिपोर्ट पाँच दिनसम्म नआउदा पीसीआर गर्नेहरुलाई समाजिक रुपमा समस्या हुँदै आएको छ ।पथरीको भन्दा दुई दिनपछि पठाएको लेटाङको रिपोर्ट आइसकेको छ । सँगै पठाएको पथरीका नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्टको मात्र पीसीआर रिपोर्ट पथरी नगर अस्पतालका स्वास्थ्य कर्मी मुरारी आचार्यले मगाएको बुझिएको छ । प्रमुख, उपप्रमुखको रिपोर्ट नेगेटिम आएको प्रचार भएको छ ।

    रिपोर्ट ढिलो आएको बिषयमा नगर प्रमुख राई, उपप्रमुख विष्टले विभिन्न स्थानको ल्याब परीक्षण गर्न लाइनमा बसेकोले ढिलो भएको र ताखेता भइरहेको प्रतिकृया दिन्छन् । प्रतिवेदन ढिलो आएको बिषयमा पथरी घर भएका मुख्यमन्त्री शेरधन राईको जनसम्पर्क अधिकृत रामकुमार बस्नेतलाई समेत तारैतार फोन जाने गरेको छ । नगरबाट फोन आउन थालेपछि ल्यावमा बुझ्दा आज (बिहिबार)सम्म विराटनगरमा तीन हजारको संख्यामा पीसीआर परीक्षणको लाइन भएकोले ढिलो भएको बताएका छन् ।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …