•  २०७७ श्रावण ३१ गते
    आजको पञ्चाङ्ग
    वि.सं.२०७७ साल साउन ३१ गते । शनिबार । ईश्वी सन् २०२० अगष्ट १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–एकादशी,१३ घडी ३६ पला,बिहान ११ बजेर ०१ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–आद्रा,५९ घडी २८ पला,रातको ०५ बजेर २२ मिनेट उप्रान्त पुनर्वसु । योग–हर्षण,०६ घडी ४७ पला,बिहान ०८ बजेर १७ मिनेट उप्रान्त बज्र । करण–बालव,बिहान ११ बजेर ०१ मिनेट उप्रान्त कौलव,बेलुकी ११ बजेर ०५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३२ घडी ४३ पला । अजा एकादशी व्रत ।

    आजको बार बेला ।
    बिहान ५ बजेर ३५ मिनेटसम्म काल बेला ।
    बिहान ५ बजेर ३६ मिनेटदेखी बिहान ७ बजेर १३ मिनेटसम्म शुभ बेला ।
    बिहान ७ बजेर १४ मिनेटदेखी बिहान ८ बजेर ५१ मिनेटसम्म रोग बेला ।
    बिहान ८ बजेर ५२ मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म उद्धेग बेला ।
    बिहान १० बजेर ३० मिनेटदेखी मध्यान्ह १२ बजेर ०७ मिनेटसम्म चर बेला ।
    मध्यान्ह १२ बजेर ०८ मिनेटदेखी दिउसो १ बजेर ४५ मिनेटसम्म लाभ बेला ।
    दिउसो १ बजेर ४६ मिनेटदेखी दिउसो ३ बजेर २४ मिनेटसम्म अमृत बेला ।
    दिउसो ३ बजेर २५ मिनेटदेखी साझ ५ बजेर ०२ मिनेटसम्म काल बेला ।
    साझ ५ बजेर ०३ मिनेटदेखी बेलुकी ८ बजेर ०२ मिनेटसम्म लाभ बेला ।
    नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

    राहुकाल :
    बिहान ०८ बजेर ५० मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म रहने ।

    आजको राशिफल
    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । सत्रु सरास्त हुनेछन् भने रोगबाट उन्मुक्ति पाईनेछ । अध्ययनको लागी प्रविधिको प्रयोग गरि नतिजा आफुतिर नै ल्याउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्तसँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । थोरै स्रोत साधन प्रयोग गरी असिमित आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहाने हरुका लागी दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगती हुने तथा नतिजा तपार्ईँँ आफ्नै पोल्टोमा पर्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । सामान्य आँखा सम्वन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने छैन । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरी कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले मन प्रशन्न हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा प्रविधिको प्रयोग गरि उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । प्रेमका कोपिलाहरु फक्रियर जानेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् ।औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ । मनमा धार्मिक प्रवृति जाग्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगल राम्रा काम गर्न सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्याले सताउन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ईमान्दारिता पुर्वक गरीएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै काम गर्ने वातावरण बनाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफु तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना समस्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउन सकिनेछ । रुपैया पैसा बचत गरी कृषि क्षेत्रमा लगानी गर्नुहोला । घर परिवार तथा सामाजिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साईड लाग्नेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँने तथा मायामा सामिप्यता बढेर जानेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

    तपाईँको दिन शुभ रहोस् ।

    ज्यो.डिपी उपाध्याय ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…