• पथरी ३१ साउन
    मोरङको पथरीशनिश्चरे नं. ३ को ईश्वरी सापकोटाको जग्गामा कालो झन्डा गाड्ने सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिको अध्यक्ष मौसम लिम्बुलाई आज (शनिबार) इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय पथरीको डीएसपी दिलिप कुमार गिरीको आडमा इश्वरी सापकोटाले सुकुम्बासीहरुलाई दुःख दिएको भन्दै बिहिबार (साउन २९) कालो झन्डा गाडेको थियो ।

    सापकोटा परिवारले वि.सं. २०५४ सालमा सो स्थानमा एक बिगाहा १७ कट्ठा जग्गा किनेका थिए । त्यो बेला ननापी फिल्ड देखाएकै भरमा जग्गा खरिद विक्री भएको थियो । अंश गर्ने बेलामा नाप्दा नौ कठ्ठा नपुगेपछि जग्गा मिलनको प्रयास स्वरुप पथरीशनिश्चरे नगरपालिकामा निवेदन आह्वान गर्दा सापकोटाले पनि फारम भरेका थिए । फारम वि.सं. २०७२ मा भरेका हुन् ।

    उक्त कुरा थापा पाएपछि सिमानामा पर्ने मित्रलाल राई, सुमिल योङहाङ लिम्बु र गंगा गहतराजले सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिलाई निवेदन दिएको मौसम लिम्बुले जानकारी दिए ।

    इश्वरी सापकोटाले सुकुम्बासीको नाममा लिम्बुबाट धम्की आएकोले ज्यानको सुरक्षा पाउँ भनेर इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा शनिबार (आज) अपरान्ह ३ बजे पथरीशनिश्चरे–१० मंगलबारे डाँडामा लिम्बु नास्ता खाँदै गर्दा भेन सहित प्रहरीहरु पुगेर गिरफ्तार गरेको लिम्बुसँगै रहेका नयन श्रेष्ठले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका लिम्बुलाई डीएसपी दिलिप गिरीले अभद्र व्यवहारमा कारबाही हुने बताए ।

    इश्वरी सापकोटा पथरी बजारमा स्थापित पथरी अस्पताल सञ्चालक हुन् । सापकोटाले डिएसपी गिरी मेरो निकट छ, म जसरी पनि लिम्बुलाई पक्राउ गरेर एक रात भएपनि थुनाउँछु भन्ने गरेको सुकुम्बासीहरुले बताए ।

    इश्वरी सापकोटालाई सुकुम्बासीहरुले भूमाफियाको आरोप लगाउँदै आएका छन् । सापकोटा परिवार दोहोरो स्वामित्वको अन्य माफिया जस्तो नभएर वि.सं. २०५४ मा जग्गा खरिद गरेका थिए । यद्यपि माफियाकै लाइनमा जग्गा फिर्ता गर्न नगरमा फारम भरेका छन् ।

    सापकोटा परिवारले कसैको जग्गा दावी नगरेको र भविष्यमा पनि नगर्ने भन्दै आएका छन् । राज्यले दिलाए मात्र लिने भनेर नगरपालिकामा फारम भरेको सापकोटाको भनाइ छ । सुकुम्बासीहरुले भने भूमाफियाको शैली सवैको यस्तै हुने भन्दै तीन परिवारको जग्गा तत्काल पास गरिदिन माग गरेको मौसम लिम्बुको भनाइ छ ।

    जग्गा पास गरिदिन माग गर्दा धम्की दिएको आरोप लगाउँदै उजुरी दिएर प्रहरी लगाएर सुकुम्बासीहरु पक्राउ गर्न खोजेपछि ईश्वरी सापकोटाको जग्गामा कालो झन्डा गाडेको सुकुम्बासीहरुको भनाइ छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…