• काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेको अवस्थालाई कोरोना समुदायमा फैलिएको भन्न नमिल्ने बताउनुभयो । पछिल्लो समय कुनै विगत यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) नभएका व्यक्तिहरू पनि सङ्क्रमित रहेको जानकारी दिँदै उहाँले त्यसकै आधारमा कोरोना समुदायमा फैलियो भन्न नमिल्ने बताउनुभयो ।

    “कतिपय अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोरोना पुष्टि भएको छ,” डा. पाण्डेले थप्नुभयो, “तर त्यसलाई कोरोना समुदायस्तरमा गइसक्यो भन्न मिल्दैन ।” कतिपय अवस्थामा स्थानीयस्तरमा कुनै ठाउँमा नगएका व्यक्ति सङ्क्रमित भएको भन्दै उहाँले समुदायमा जान सक्ने सम्भावना रहेको बताउनुभयो ।

    निर्देशक डा. पाण्डेले सबैजना सुरक्षित रहने हो भने बन्दाबन्दी गर्नुपर्ने अवस्था नआउने भन्दै व्यक्तिको हेलचेक्र्याइँले गर्दा सङ्क्रमण बढेको विश्लेषण गर्नुुभयो । उहाँले पछिल्लो समय सङ्क्रमितहरू अधिकांश भारतबाट आएको भन्दै प्रत्येक अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई कोरोना देखिनु विडम्बना भएको बताउनुभयो । गोरखापत्रबाट ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …